‘क्रिमिनल’ बन्दै
screennepal
प्रकाशित: २०७४, २ माघ मंगलवार
no img

काठमाडौं, २ माघ । चलचित्र ‘क्रिमिनल’ बन्ने भएको छ । माघी पर्वको अवसर चलचित्रको मुहूर्त गरिएको छ ।
अर्नभ फिल्मस् प्रोडक्शनको तेस्रो प्रस्तुती रहेको यस चलचित्रको प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् भने निर्माता सिताराम तिमल्सिना ‘ज्याक’ । चलचित्रको निर्देशन अमृतमान महर्जनले गर्दैछन् ।
चलचित्रमा किशोर खतिवडा, अनु पाराजुली, रामचन्द्र अधिकारी, सानिया खान, मोहन केसी, सुरेन्द्र चापागाईं, उग्रसेन ढुंगाना, शंकर शाह, सम्राटजंग थापा, क्रान्ति जंग बराईली, शान्ति भट्टराई, दिव्य नेपालगायतका कलाकारको भूमिका रहने बताइएको छ ।
चलचित्रले समाजमा घट्ने अपराधिक घट्नाक्रमलाई मुख्य विषयवस्तु बनाएको एक्शन प्रधान चलचित्र रहने निर्माण पक्षको भनाइ छ । माघ १२ गतेदेखि छायांकन सुरु गरिने ‘क्रिमिनल’को छायांकन पूर्वाञ्चलको विभिन्न स्थानमा गरिने निर्माणपक्षले जनाएको छ ।

 

Comments