‘मिस ईकलेज’को अडिसन
screennepal
प्रकाशित: २०७४, २९ पुष शनिबार
no img

काठमाडौं, २९ पुस । ‘मिस ईकलेज–२०१८’ का लागि अडिशन गरिएको छ । प्रतियोगितामो यो आठौं संस्करण हो ।


सिजन मिडियाद्वारा आयोजित यस संस्करणमा उपत्यकामा रहेका ३० भन्दा वढी विभिन्न कलेजवाट छात्राहरूको आवेदन आएको मिडियाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले बताए । पहिलो अडिसनवाट १५ जना प्रतियोगी समावेश गरिने र दोस्रो अडिसनबाट १५ जना छनोट गरी ३० जना प्रतियोगी सहभागी गराइने आयोजकले जनाएको छ । पहिलो चरणको छनोटमा अफिसियल कोरीयोग्राफर रोजिन शाक्य र मिस ई–कलेज २०१५ की विजेता नितिका कर्मचार्य पहिलो अडिसन को निर्णायक मण्डलमा सहभागी हुनु भएको थिए ।
फाल्गुनको पहिलोे साता प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा हुने यस प्रतियोगिताको विजेताले ‘मिस ईकलेज’सहित स्कुटर, थाइल्याण्ड टुर र उच्चशिक्षामा छात्रावृत्ति, नेपाल एयर होस्टेज एकाडमीको तर्फवाट एयर होस्टेसको तालिम दिइने बताइएको छ । त्यस्तै फस्ट रनरअप र सेकेन्ड रनरअपले मोवाइल फोन साथै थाइल्याण्ड टुर, छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्नेछन् ।

Comments