आना र रशीले जिते टुरिजम उपाधि
screennepal
प्रकाशित: २०७४, २६ पुष बुधबार
no img

काठमाडौं, २६ पुस । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘मिसेस नेपाल टुरिजम’ र ‘मिस टिन टुरिजम–२०१८’ मा नयाँ बानेश्वरकी आना आचार्यले मिसेस नेपाल टुरिजमको उपाधि चुमेकी छन् ।

काठमाडौं मेडिकल कलेजकी डक्टर तथा फार्माकोलोजीको लेक्चर्र उनले बेष्ट स्किन उपाधि पनि जितिन् । स्टार वन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित विबाहित र अविबाहित महिलाबिच यस सौन्दर्य प्रतियोगितामा रेडियो नेपालकी सञ्चारकर्मी तिनथाना निवासी सन्तु श्रेष्ठ फस्ट रनर्सअप र बेष्ट पर्फमर, कुसुन्तिकी अनिका दाहाल सेकेन्ड रनर्सअप र बेष्ट स्पिच तथा छाउनि अस्पतालकी चिकीत्सक रहेकी सामाखुसिकी राधिका सापकोटा थर्ड रनर्सअप र मस्ट ट्यालेन्ट पेशा भएका छन् ।

प्रतियोगितामा भ्यूवर्स च्वाइस, रेसु श्रेष्ठ मिसेस क्याटवाक र फेसबुक च्वाईस, बबिता थापा गजुरेल बेष्ट हेयर, मनिषा अधिकारी मस्ट फोटोजेनिक, माया बुढा बेष्ट स्माईल, स्वीटि मानन्धर बेष्ट पर्सनालिटी, अन्जलि श्रेष्ठ बेष्ट फिजिक, पबित्रा आले मगर मिसेस कन्जीनालिटी, लालमति थापा मगर मस्ट डिस्पिलिन, मोबिना घिमिरे ब्युटि विथ पर्पस, मस्ट चार्मिङ्ग प्रतिमा केसी, प्रतिमा गच्छदार बेष्ट डान्स, सिम्रन सिलवाल सोसियलि रेस्पोनसिवल, बिन्दु श्रेष्ठ मस्ट एक्टिभ, मन्जु अवाले कर्ण मस्ट आईकोनिक आईज, सिवानी साह बिष्ट बेष्ट आर्ट वर्क, जस्मिन खनाल बेष्ट फिटनेस, गिता खनाल मिसेस ब्युटिफुल, रश्मि शाक्य मस्ट क्रियटिभ, बबुना पखाली मस्ट ईन्टेलेक्चुअल, अन्जना श्रेष्ठ मस्ट डिजर्भिङ्ग, सरिता गौतम म्यानेजमेन्ट च्वाईस, चोक माया गुरुङ्ग बेष्ट सिगंर, सम्मmना श्रेष्ठ रावत मिसेस बब्लीफेस, मस्ट डायानामिक प्रतिमा श्रेष्ठ, सुसिला बुढाथोकी मस्ट फ्रेडन्ली र सबिना दुलाल लामिछाने ब्युटि विथ रेस्पोनसिबिलिटीको विजेता भएका छन्।

पर्यटनका लागि सँगसँगै भन्ने नारासहित आयोजित किशोरीहरुको अर्को सौन्दर्य प्रतियोगितामा विशालनगरी रशी सुबेदीले मिस टिन टुरिज्म २०१८ को उपाधि चुमेकी छन् । उनी मिस क्याटवाक र ब्युटी वीथ प्रपोज विजेतासमेत भएकी छन् ।

सुर्यविनायककी सम्बीदा ओझा फष्ट रनर्सअप,  बालाजुकी रमीना बिष्ट सेकेन्ड रनर्सअप,  बालुवटारकी प्रशंसा पौडेल थर्ड रनर्सअप र बेष्ट स्कीन चुनिएको प्रतियोगितामा पुजा गुरुङ्ग, मष्ट पपुलर,  प्रन्याहा जोशी बेष्ट हेयर, स्वेता थापा मष्ट फोटोजेनिक, रबिना विष्ट बेष्ट स्माइल, एलिसा राई बेष्ट फेशन आइकन, आष्मा खड्का बेष्ट फर्सनालिटी, शिला कोजु बेष्ट फिजिक, अन्जीता छनत्याल फेशबुक च्वाइस र बेष्ट स्पीच, सुगन्धा चौधरी मिस कन्जिनियालिट, प्रिया महर्जन मष्ट डिसिप्लेन, सम्बीदा ओझा मष्ट चार्मिङ्ग, पुजा गुरुङ्ग मीस ट्यालेन्ट, सुमीगा लामिछाने बेष्ट डान्स, मेघना महर्जन सोसियल्ली रेसपोन्सीबल, संचिता भट्टरराई मष्ट एक्टिभ र रिया हरिजन मष्ट आइकनिक आइज भए ।

प्रतियोगितामा मिस नेपाल उशा खड्गी, गायक आनन्द कार्की, अभिनेता तथा निर्देशक रमेश बुढाथोकी, नायक गजित बिष्ट, समाजसेवी बसन्त कुवंवर, नेपाल आयल निगमका पूर्व निर्देशक सिताराम पोखरेल र सरोज प्याकुरेल निर्णायक थिए । अश्विनी झाको सञ्चालन र कोरियोग्राफीमा सम्पन्न कार्यक्रममा गायक आनन्द कार्की र निजन श्रेष्ठले गीत संगीत प्रस्तुत गरेका थिए भने गजित बिष्टले नृत्य प्रस्तुत गरेका थिए ।

Comments