ब्राजिलमा विशेषताले जितिन् ‘द बेस्ट अवार्ड’सहित दुई टाइटल
screennepal
प्रकाशित: २०७४, २८ मंसिर बिहीबार
no img

काठमाडौं, २८ मंसिर । बालबालिकाका लागि आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘लिटिल मिस क्वीन इन्टरनेशनल–२०१७’मा नेपालकी विशेषता बुढाथोकीले वेष्ट अफ द वेष्ट अवार्डसहित फस्ट रनर अप उपाधि जित्न सफल भएकी छन् ।


प्रतियोगिताका विशेषताले डिजाइनर उत्तम बनेपालीले तयार पारेको जीवित देवी कुमारीबाट अभिप्रेरित पोशाकले वेस्ट ड्रेस विधाको अवार्ड पनि हात पारेकी छन् ।
हालै ब्राजिलको साउपाउलोस्थित होटल नोभोटेल जारगुवा कन्भेन्सन सेन्टरमा सम्पन्न ‘लिटिल मिस क्विन इन्टरनेशनल’ फाइनल स्पर्धामा नेपालका विशेषतासहित विश्वका ३१ राष्ट्रका लिटिल मिस क्वीनले सहभागिता जनाएका थिए । विशेषताको यस प्रतियोगितामा सहभागितालाई प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था ई–प्लानेट प्रालिले व्यवस्थापन गरेको हो ।

यसअघि विशेषताले टर्कीको बोड्रम शहरमा सम्पन्न भएको बालबालिकाहरु सम्बन्धी अन्तर्राष्ट्रिय सौन्दर्य तथा प्रतिभा मापनको प्रतियोगिता लिटिल मिस एण्ड मास्टर वल्र्ड युनिभर्स–२०१७ मा लिटिल मिस प्लानेट तथा लिटिल मिस ट्यालेन्ट विधाको अवार्डमा सफलता हात पारेकी थिइन् । ्
१० वर्र्षीया विशेषता बालुवाटारस्थित जोन डेवी स्कूलमा कक्षा ५ अध्ययनरत छात्रा हुन् । विशेषता हालै राजधानीमा मिडिया ल्याण्डले संचालन गरेको आठौं संस्करणको चाइल्ड आइकन नेपाल २०१७ का विजेता हुन् । सो प्रतिस्पर्धामा उनले ट्यालेन्ट, वेष्ट ड्रेस र फ्रेन्डशीप विधाको अवार्ड पनि जितेकी थिइन् । यस अघि पनि विशेषताले मिडिया ल्याण्डले नै संचालन गरेको जुनियर ब्याटल अन्तर्गतको लिटिल प्रिन्स एण्ड प्रिन्सेस् २०१७ विधामा सेकेन्ड रनर अप विजेता बनेकी थिइन् ।

 

Comments