नवनियुक्त बोर्ड अध्यक्ष निकिताको यस्ता छन् योजना
screennepal
प्रकाशित: २०७४, २५ मंसिर सोमबार
no img

काठमाडौं, २५ मंसिर । नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई ल्याइएको छ । निकिता नेपाली चलचित्र क्षेत्रको यस महत्वपूर्ण संस्थामा पहिलोपटक महिला अध्यक्ष बनेकी हुन् ।
चलचित्र क्षेत्रको विकास, प्रवद्र्धन तथा संवद्र्धनमा संचालित टि.भि.फिल्मी, रेडियो फिल्मीमा संचालक समेत रहेकी पौडेल चलचित्र विकास बोर्डमा पुगेसँगै चर्चामा आएकी छन् । करिब ५ महिनायता रिक्त बोर्डको अध्यक्ष पदका मन्त्री परिषद्को बैठकले निकितालाई नियक्त गरेको हो । निकिता चलचित्रकर्मी उद्धव पौड्यालको छोरी हुन् ।
दोलखाको फिल्म सिटी निर्माण सम्पन्न, बक्स अफिस, नेपाली चलचित्राई विदेश प्रदर्शन सहज बनाउँने, निर्माता, निर्देशक, कलाकार तथा प्राविधिकहरुको संरक्षणका निमित्त महत्वपुर्ण काम गर्ने, विदेशी चलचित्रको नेपाल छायाँकन सहज र बृिद्ध गर्ने लक्ष्य नवनियुत्त अध्यक्ष निकिताले बताएकी छन् ।

 

Comments