रहेनन् अभिनेता शशी कपूर
screennepal
प्रकाशित: २०७४, १८ मंसिर सोमबार
no img

काठमाडौ, १८ मङ्सिर (एजेन्सी) । बलिउडका पुराना अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा निधन भएको छ। पछिल्लो तीन सातादेखि मुम्बईको कोकिला बेन अस्पतालमा उपचाररत उनको सोमबार साँझ निधन भएको भारतीय संचारमाध्यमले जनाएको छ।
१६० भन्दा बढी हिन्दी तथा अंग्रेजी चलचित्रमा अभिनय गरेका शशी कपुरको जन्म सन् १९३८ मा कोलकातामा भएको थियो ।
रंगमन्चबाट कलाकारिता सुरु गरेका कपुरले सन् १९४४ देखिनै पिता पृथ्वीराज कपुरका साथ अभिनय सुरु गरेका थिए । कपुरले अभिनय गरेको जब-जब फूल खिले, कन्यादान, शर्मिली, आ गले लग जा, रोटी कपडा और मकान, चोर मचाए शोर लगायतका चलचित्र निक्कै मन पराइएका थिए ।
सन् १९८४ मा पत्नी जेनिफरको क्यान्सरका कारण निधन भएपछि एक्लो जीवन बिताइरहेका कपुरलाई सन् २०११ मा पध्म भुषण र सन् २०१५ मा दादा साहेव पुरस्कार प्रदान गरिएको थियो।

Comments