ग्रुमिङ सेसनमा ‘मिस्टर एण्ड मिस विश्वकर्मा’
screennepal
प्रकाशित: २०७४, १४ मंसिर बिहीबार
no img

काठमाडौं, १४ मंसिर । ‘युवापीढीबाटै सकारत्मक समाज परिवर्तन गर्न सम्भव छ’ भन्ने सोचका साथ पहिलोपटक ‘मिस्टर विश्वकर्मा–२०१७’ र दोस्रो ‘मिस विश्वकर्मा’ को अन्तिम चरणको प्रतिस्पर्धा १७ मंसिरमा हुँदैछ । उनीहरुलाई हाल ग्रुमिङ सेसनमा संचारकर्मी एव फेशन कोरियोग्राफर जयन सुब्बा मानन्धरले दिइरहेका छन् ।
विश्वकर्मा समुदायलाई एकैठाउँमा समेटेर ‘मिस एण्ड मिस्टर विश्वकर्मा–२०१७’ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । ईभेन्ट हाउस प्रालिले आयोजना गर्न लागेको यो प्रतियोगितामा विभिन्न जिल्लाका प्रतियोगीले स्पर्धा गरिरहेका छन् । नेपालमा आफ्नो पहिचान, अधिकार, र आफुसँग भएको सीप, कला र क्षमतालाई प्रस्फुटन गरि उजागर गर्न आयोजना गर्न लागिएको भनिएकोे यस प्रतियोगितामा विश्स्वकर्मा समुदायभित्रका १०६ थरहरुलाई लक्षित गरिएको छ ।

Comments