यो शुक्रबार प्राश्नासँगै हेल्लोमा प्रस्तुत हुँदै मेनुका !
screennepal
प्रकाशित: २०७४, ११ मंसिर सोमबार
no img

काठमाडौं, ११ मंसिर । सुमधुर स्वरकी धनी मेनुका पौडेल यो शुक्रबार बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा गुञ्जिने भएकी छन् । ‘नेपाल आइडल’मा टप ११ सम्म पुगेर दर्शक तथा श्रोताको मन जित्न सफल भएकी मेनुका दृष्टिविहिन प्रतिभा हुन् ।
दृष्टिविहीन भएर पनि आफ्नो गायन कलामार्फत लाखौ श्रोता तथा दर्शकको मन जित्न सफल मेनुकालाई यो शुत्रबार प्रस्तुत गर्न लागेको गजलबारका सञ्चालक रुल्ज गुरुङले बताए । मुनेका यस्ता प्रतिभा हुन्, जसले ‘नेपाल आइडल’मा आफ्नो कर्णप्रिय स्वरले दर्शक मन्त्रमुध्न पारेकी थिइन् ।
आइडलबाट टप–१० मा पुग्नअघि बाहिरिए पनि उनी सांगीतिक क्षेत्रमा अगाडि बढ्न चाहिन्छन् । गजलबारले प्रतिभा प्रस्तुत गर्ने अवसर दिएकामा मेनुका खुसी छिन् । गजलबारका चालक रुल्ज गुरुङले पनि मेनुका जस्तो प्रतिभालाई आफ्नो गजलबारमा प्रस्तुत गर्न पाउँदा खुसी लागेको सुनाए । ‘मेनुका साँझ’मा इन्ट्री फ्रि गरिएको छ । उक्त दिन गायिका प्राश्ना शाक्य पनि प्रस्तुत हुनेछिन् । जबकि, प्राश्ना प्रत्येक शुक्रबार साया हेल्लो गजलबारमा प्रस्तुत हुँदै आएकी छन् ।

Comments