गीतमा प्रमेकहानी : ‘थाहा छैन आजभोलि’ (भिडयो)
screennepal
प्रकाशित: २०८०, ३ फाल्गुन बिहीबार
no img

काठमाडौं । ‘भ्यालेन्टाइन–डे’ अवसर पारेर गायक उदित नारायण झा र दीपा झाले ‘थाहा छैन आजभोलि’ बोल गीतको भिडियो सार्वजनिक गरेका छन् । अमेरिका बस्दै आएकी समाजसेवी तथा गीतकार सरला श्रेष्ठको शब्द रहेको ‘थाहा छैन आजभोलि’मा लक्ष्मण पोखरेलको संगीत रहेको छ ।

मनोज चौलागाइको एरेन्ज रहेको गीतमा मिक्सिङ मास्टरिङ किशोर थापाले गरेका छन् । मंगलबार एक कार्यक्रमबीच गीतकार समाजका अध्यक्ष बसन्त बित्यासी थापा, वरिष्ठ गीतकार बिबी थापा तथा वरिष्ठ संगीतकार राजु सिंहले सामुहिकरूपमा सार्वजनिक गरेको गीतको म्युजिक भिडियोमा गहिरो प्रेममा रहेको एक प्रेमिल जोडीको रोमाञ्चक प्रेम कहानी देखाइएको छ ।

भिडियोमा प्रेममा परेको मान्छे कति खुशी हुन सक्छ भनेर देखाउन खोजिएको छ । जसमा मोडल भिजु पार्कीसँग नायिका श्रद्धा क्षेत्रीले अनस्किन रोमान्स गरेकी छन् ।

प्रेम दिवसको अवसर पारेर रिलिज गरिएको गीतको भिडियोको निर्देशन सुव्रत आचार्यले गरेका हुन् । उत्सव दाहालको छायाकंन रहेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् ।

Comments