किनमेल : महाबौद्धमा दीपाको गिफ्ट पसल !
screennepal
प्रकाशित: २०७४, २८ कार्तिक मंगलवार
no img

काठमाडौं, २८ कात्तिक । दीपा लिम्बू लक्समले राजधानीको मुटु मानिने महाबौद्धमा गिफ्ट तथा घर सजावटजन्य शपको होलसेलर सञ्चालनमा ल्याएकी छन् । केही महिनाअघि बागबजारस्थित सिटी स्क्वेरमा किरात फोनिक्स क्याफे सञ्चाञ्चलमा व्यवसायिकमा सक्रिय भएकी दीपाले कम्पनी नै दर्ता गरेर घर सजावट तथा गिफ्ट पसलको होलसेलर सञ्चालनमा ल्याएकी हुन् ।


दीपाको टेड्डी बियर्स नामक सो कम्पनी तथा होलसेल पसलको एनेकपा माओवादीका पूर्वसभासद् नन्दकुमार प्रसाईँले एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरे ।


टेडी बियर्सले विशेषगरी डल, फ्लोअर्स र टु–लिपको होलसेल कारोबार गर्ने दीपाले बताइन् । उनका अनुसार चीनबाट कच्चा सामग्री ल्याएर टेडी बियर्सले नै डल उत्पादन गर्नेछ । यस्ता घर सजावट तथा गिफ्टजन्य सामग्रीहरु सस्तोमा उपलब्ध गराउने दीपाको भनाइ छ । टेडी बियर्समा सामग्री उत्पादनका लागि उनले कामदार राखेकी छन् ।


विद्यार्थी राजनीतिमा समेत सक्रिय दीपा सामाजिक संस्था याक्थुङ युथ एशोसिएनसँग पनि जोडिएकी छन् । जसले मिस लिम्बूलगायतका इभेन्टहरु गदै आएको छ ।

Comments