‘मिस्टर वसियन’मा नेपालको प्रतिनिधित्व गर्दै विवेक
screennepal
प्रकाशित: २०७४, २८ कार्तिक मंगलवार
no img

काठमाडौं, २८ कात्तिक । विश्वका चर्चित पुरुष सौदर्य प्रतियोगीतामध्ये एक ‘मिस्टर वसियन’ पनि हो । यहि सौदर्य प्रतियोगीता ‘मिस्टर वसियन २०१७’ मा नेपालको प्रतिनिधित्व पुर्वमोडल हन्ट विजेता विवेक खड्काले गर्न भएका छन् ।
ताइवानको ताइबेइमा यहि १५ देखि २६ नोभेम्बर आयोजना हुने प्रतियोगीतामा ७० देशका युवाहरुको सहभागीता रहने छ । ६.१ हाइट भएका २० बर्षीय खड्का अन्य प्रतिस्पर्धीका लागि बलियो चुनौतीको रुपमा प्रस्तुत हुने ब्यवस्थापन जिम्मा लिएको नेक्स्ट मोडल नेपालका प्रमुख रवि धवलाले बताए ।
नेपाली कलासंस्कृति झल्कने बिभिन्न भेषभुषाका साथ नेपाललाई सगरमाथा र बुद्धको देश भनेर चिनाउन आफ्नो सहभागीता अर्थ पुर्ण रहेको विवेकले बताए । विवेक गत बर्षका मोडल हन्ट नेपालका बिजेता पनि हुन् । यसअघि मोडल हन्ट नेपालकी प्रतियोगी सिम्रन खड्काले एक अन्तराष्ट्रिय उपाधि नेपाल भित्र्याउन सफल भएकी थिइन् ।

Comments