पानी रंगमा रुचाउँने सुमिना भन्छिन्, ‘अमूर्तचित्र मन पर्दैन’
screennepal
प्रकाशित: २०७४, २५ कार्तिक शनिबार
no img

काठमाडौं, २५ कात्तिक । फाईन आर्टमा प्लस–टु सकेर बसेकी सुमिना श्रेष्ठ स्केजकी पारखी छिन् । उनी चारकोल एवं पानी रंगबाट चित्र बनाउन रुचाउँछिन् ।
सुमिनालाई अमुर्तचित्र मनपर्दैन । ‘झट्ट हेर्दा सबैले बुझ्ने, सुन्दर देखिने चित्र मलाई मनपर्छ’ उनी भन्छिन्, ‘यस्ता चित्रले जगत्लाई सम्बोधन गर्छ ।’ उनले थपिन्, ‘प्रकृतिका सुन्दर दृश्य क्यानभासमा धेरै उतारेकी छु । पछिल्लो समय जनावरको चित्र कोर्नु यसैको उपच हो ।’ जीवनमा अन्य जुनसुकै व्यवसाय अपनाए पनि पेन्टिङलाई निरन्तरता दिने उनको अठोट छ ।


हुन त स्केज एवं पेन्टिङलाई व्यवसायिक रुपमा अँगाल्न सक्ने आँट उनमा छ । भन्छिन्, ‘मैले यो क्षेत्रमा धेरै समय खर्च गरेकी छु । सयौं चित्र तयार पारेकी छु । अब यसलाई व्यावसायिक रुपमा अँगाल्न सक्छु भन्ने विश्वास ममा छ ।’
एसियाको थोरै लेडी टाटू आर्टिष्टमा पर्ने सुमिना श्रेष्ठको हातबाट टाटू बनाउन चाहने युवा जमातको भिड पछिल्लो समय बाक्लिदै गैरहेको छ । ठमेलमा रहेको टाटू पसलमा नभ्याएको काम बेलुका अबेरसम्म घरमा बसेर भएपनि बनाइ दिएर आफु कहाँ आउने टाटू पारखीहरुको चित्त बुझाउन सक्ने खुबीका कारण पनि उनीप्रति टाटू पारखीको भिड लाग्न थालेका छन् ।


यस क्षेत्रमा परिवारको साथ रहेकोले पनि आफु उत्साहित भएको उनको भनाई छ । परिवारमा सबै बुझकी हुनुहुन्छ । बुवा सानुकाजी श्रेष्ठ पुराना पत्रकार, ममी मञ्जु श्रेष्ठ विगतमा शिक्षण पेशामा हुनुले पनि मेरो रुचिमा कुनै रुकावट आएको छैन, उनी भन्छिन् ।
पहिले चित्रकलामा मात्र रुचि राख्ने सुमिना श्रेष्ठ यतिबेला टाटूलाई पनि साथै अगाडी बढाइरहेकी छन् । टाटूमा उनको आफ्नै अनुभव छ ।
पेन्टिङ भन्दा टाटू धेरै गाह्रो काम हो । पेन्टिङ बिगे्रपनि कागजमा बिग्रिन्छ तर टाटू शरिरमा बिग्रनु हुँदैन, उनको भनाई छ । विद्यालयमा हुने विभिन्न चित्रकला प्रतियोगितामा भाग लिएर थुपैपटक पुरस्कृत भएकी सुमिना श्रष्ठ विभिनन कार्यशालामा समेत सहभागी हुनुका साथै नेपाल आर्टिष्ट संघको आयोजनामा भएको चित्रकला प्रर्दशनीमा पनि उनको सहभागिता रहेको थियो । यिनै विधामा आफ्नो भविष्य सुनिश्चित गर्ने उनको सोच छ ।
सुमिनाको काम यतिमा मात्र सिमित छैन, गेट वेल सोन प्रोजेक्टमार्फत कोरिया, जापान, स्पेन लगायतका देशबाट नेपालको दुर्गम भेगका विद्यालयहरुमा अध्ययनरत विध्यार्थीलाई विभिन्न विषयमा प्रशिक्षण दिन आउने विदेशीहरुको नेतृत्व गर्दै विभिन्न जिल्लाको भ्रमण गरिसकेकी छन भने यतिबेला एक हप्ते भ्रमणको लागि मनाङ पुगेकी छन् ।

Comments