‘टप मोडल नेपाल’ प्रतियोगीले प्रतिभा देखाए
screennepal
प्रकाशित: २०७४, २४ कार्तिक शुक्रबार
no img

काठमाडौं, २४ कात्तिक । ‘टप मोडल नेपाल–२०१७’का प्रतियोगीले आ–आफ्नो कला देखाएका छन् । मोडल संसार डटकमले पहिलोपटक आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा महिला ४ र ११ पुरुष गरी १५ जनाले स्पर्धा गरिरहेका छन् ।


प्रतियोगीहरुले ‘ट्यालेन्ट राउण्ड’ अन्तर्गत नृत्य, गायन, अभिनयलगायतका कला देखाएका थिए । ट्यालेन्ट राउण्डका लागि अभिनेत्री तथा मोडल रञ्जिता गुरुङ, फिल्मकर्मी एञ्जेला क्षेत्री, पत्रकार एमपी सुब्बा, लव ढुंगेल, ब्युटिसियन तथा सञचारकर्मी निलम पौडेललगायत निर्णायक रहेका थिए । प्रतियोगिताको फाइनल यही आउँदो सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुँदैछ । प्रतियोगितामा विजेता हुनेले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी जनाउन पाउने आयोजक फेसन संसारले जनाएको छ ।

Comments