हिमालयन म्युजिक अवार्ड मलेसियामा हुने
screennepal
प्रकाशित: २०७४, २७ आश्विन शुक्रबार
no img

काठमाडौं, २७ असोज । ‘हिमालयन अन्तराष्ट्रिय म्युजिक अवार्ड–२०१७’ मेलेसिायमा हुने भएको छ । राजधानीमा पत्रकार भेटघाट गरी आयोजकले सो जानकारी गराएको हो ।
हिमालयन इन्टरटेनमेन्ट गु्रपको अध्यक्ष सुवास पाख्रिन, चलचित्र विकास बोर्डका सदस्य एवं बरिष्ठ अभिनेता उत्तम केसी, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, बरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठलगायत विभिन्न कलाकारको उपस्थितिमा आयोजित कार्यक्रममा मंसिर अन्तिममा नेपालको छनोटपश्चात् मलेसियामा डिसेम्बरको अन्तिममा अवार्ड गरिने जनाइएको थियो ।
कार्यक्रम निर्देशक सविन घिसिङका अनुसार २०७२ देखि २०७४ असोज मसान्तसम्म सार्वजनिक भएका गीतसंगीतलाई अवार्डमा समावेश गराइनेछ । अवार्ड विभिन्न १८ विधामा प्रदान गरिने बताइएको छ ।

Comments