कार्तिक ४ मा आउँदै गुरुङ फिल्म ‘मैंरिमो’
screennepal
प्रकाशित: २०७४, १ आश्विन आईतवार
no img

काठमाडौं, १ असोज । वैदेशिक रोजगारका लागि युवा विदेशिनु र गाउँका महिला वालबच्चाको शिक्षादिक्षाको लागि शहर पस्ने क्रम बढ्दै गएपछि अहिले नेपालका ग्रामीण बस्तीहरु पातलिँदै गएका छन् । जसले गर्दा गाउँको सामुदायिक विद्यालयमा समेत विद्यार्थी घटदै गएको छ ।
यस्तै विषयमा निर्माण गरिएको गुरुङ फिल्म ‘मैंरिमो’ आगामी कार्तिक २४ गतेबाट पोखरास्थित बाराही चलचित्र मन्दिरमा नियमित प्रदर्शन हुने भएको छ । फिल्मले आफ्नो गाउँको सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन प्रमुख पात्रले गरेको प्रयासलाई विषयबस्तु बनाइएको छ । अंग्रेजी भाषामा ‘मैंरिमो’लाई ‘मिस यू’ भनिन्छ ।
फिल्मको छायांकन लमजुङको साविक मालिङ गाविसको सैलुङ गाउँमा भएको हो । फिल्ममा ‘एउटा पञ्चेबाजा’ समेत गरी ४ वटा गीत समावेश गरेको छ । जसमध्ये गीतकार आश गुरुङद्वारा रचित ‘ए ङोल्स्यो, ए ङोल्स्यो’ बोलको शीर्ष गीत गुरुङ समुदायमा लोकप्रिय बन्दै गएको छ ।
फिल्मका निर्देशक भोजबहादुर गुरुङले गुरुङ फिल्म निर्माण हुन लागेको दुई दशक भन्दा बढि समय भइसके पनि हालसम्म भीआइपी शो र च्यारिटी शोबाहेक नियमित शो निकै कम भइरहेको बताए । ‘त्यसकारण गुरुङ फिल्मको प्रोत्साहन गर्नकै लागि ‘मैंरिमो’लाई हामीले नियमित रुपमा बाराही चलचित्र मन्दिरमा प्रदर्शन गराउन लागेका हौं ।’ उनले भने ।
मुनाल फिल्म प्रा.लि. पोखराको ब्यानरमा निर्मित फिल्ममा गमन घले, प्रेम गुरुङ, सपना गुरुङ, सेसुवा गुरुङ, गजेन्द्र गुरुङ, कूलबहादुर गुरुङ, ईन्द्रसुवा गुरुङ, अमीर गुरुङ, कमल गुरुङ, बालकाशी गुरुङलगायतको अभिनय छ ।

प्रेम गुरुङ र सपना गुरुङ निर्माता रहेको फिल्ममा बालकाशी गुरुङ कार्यकारी निर्माता छन् । फिल्ममा
तेजेन्द्र गुरुङको संगीत, गोविन गुरुङ, मनोज गुरुङ, तारा श्रीषमगर, पवित्र गुरुङ, सरुन गुरुङको स्वर, नेत्रबहादुर गुरुङको नृत्य, केयरसिंह गुरुङ(गुरुङ कवि’को कथा, रोशन गुरुङको पटकथा÷संवाद र खिमबहादुर गुरुङको छायांकन तथा सम्पादन छ ।

 

Comments