यस्तो देखियो प्रतिस्पर्धात्मक फेसन शो (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७४, १ आश्विन आईतवार
no img

काठमाडौं, १ असोज । गएको शुक्रबारको सन्ध्याकालीन समय छिपिंदै जाँदा दरबारस्थित होटल अन्नपूर्णको पभेलियन गार्डेनमा विछ्याइएको ¥याम्पमा लिनेन, साटन, नेट, टिस्यु, ब्रोकेड, रअ सिल्क, साटन सिल्क, लाइक्रा, फर, जापानीज सिल्क, अर्गान्जा, ग्लीटर फ्याब्रिक देखि ढाका, बाम्बु, हेम्प, बनाना, अल्लो, जुट, कटन, आदिसम्मका फ्याब्रिक देखि पेपर, फ्लेक्स, सिडी जस्ता सामाग्रीसम्मलाई फेसन डिजाइनरहरुले आफ्नो कल्पनाशीलता र सृजनशीलतालाई अभिव्यक्त गर्ने माध्यम बनाएको पाइयो ।

Photo : GlamourNepal.Com

विशेषगरी १२ जना महिला मोडल र ६ जना पुरुष मोडललाई सहभागी फेसन डिजाइनरहरुले आफ्नो सृजनालाई रनवे माथि प्रस्तुत गर्ने माध्यम बनाए पनि हरेक सिक्वेन्सको अन्तिम पहिरनलाई मास्टरपीस अर्थात् कलेक्सनको विशेष पहिरनमा रुपमा प्रदर्शन गरेका थिए ।
३१ प्रतिस्पर्धी डिजाइनरका १६ कलेक्सनमा हरेकमा ६ वटा पहिरन र एउटा मास्टरपीस सहित ७ वटा सृजना मार्फत् सहभागि डिजाइनहरुले फेसन प्रतिस्पर्धामा आ आफ्नो दाबेदारी दिएका थिए ।

Photo : GlamourNepal.Com

नेपाल इन्स्टिच्युट अफ फेसन, नीफको आयोजना र श्रेष्ठ इभेन्ट्सको व्यवस्थापन तथा सुवास श्रेष्को संयोजनमा संचालन भएको भोयाज अफ क्रिएसन नामक उक्त फेसन डिजाइनरहरुको प्रतिस्पर्धामा अन्ततः वसन्त बुढा, सन्ध्या माझी र मन्दिरा श्रेष्ठको सामूहिक कार्यले विजेताको रुपमा सफलता हात पा¥यो ।

Photo : GlamourNepal.Com

गार्बेज रिनोभेसन शीर्षकमा प्रस्तुत उनीहरुको कलेक्सन पूनःप्रयोग सन्देशमा केन्दि«त थियो जसमा फ्लेक्स, सिडी चक्काहरु, अल्मुनियम फोयल, प्रयोग भइसकेका ब्यागहरु, टेप तथा प्लास्टिकलाई पहिरनको स्वरुप प्रदान गरिएको थियो । प्रतियोगिताको फस्ट रनर अपका रुपमा प्रमिन शाक्य, दुश्यन्त रुम्दली राई र करिश्मा लामाको समूहले तयार पारेको पहिरनहरुले सफलता प्राप्त ग¥यो । उनीहरुको सृजना भने पेपीरस शीर्षकअन्तर्गत थियो । जसमा पहिरन सबै स्वरुपहरु कागजको प्रयोगबाट तयार पारिएको थियो । कागज पूनःप्रयोग तथा कागजको सुन्दरता उपयोगितालाई यो कलेक्सनले देखाएको थियो । ओम्नीजम शीर्षकमा प्रस्तुत लक्ष्मी थापा मगर र अमृता थापा मगरको जोडीले प्रतिस्पर्धामा सेकेन्ड रनर अपको स्थान प्राप्त ग-यो । उनीहरुको सृजना सबै धर्म प्रति सम्मानमा केन्दि«त थियो जसमा बहुधार्मिक प्रतिकहरुलाई सुन्दर ढंगबाट प्रस्तुत गरिएको थियो ।

Photo : GlamourNepal.Com

संचारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा प्रस्तुत उक्त फेसन प्रतिस्पर्धामा पूर्व मिस नेपाल सुगरिका के.सी., अभिनेत्रीहरु वर्षा सिवाकोटी, स्वस्तिमा खड्का, नम्रता श्रेष्ठ, जेबिका कार्की र मोडल पूजा श्रेष्ठले जर्दोजी बुटिक अमितेष कर्ण र इन्दु आछाजुले तयार पारेको पार्टी र फेस्टिभ मूडमा आधारित विविध शैलीका लहेंगाहरुको प्रस्तुति विशेष आकर्षण रुपमा रह्यो ।

Photo : GlamourNepal.Com

फेसन डिजाइनरत्रय मुक्ता श्रेष्ठ, दलजीत कौर सुडान र योगेन्द« मेहर बज्राचार्यको निर्णायक टोली रहेको सो फेसन डिजाइनरहरुको प्रतिस्पर्धामा गाउनका विविध आकर्षक शैलीहरु मुख्य पहिरनका रुपमा प्रस्तुत भएता पनि वन् पिस, लेहेंगा, स्कर्ट, पाइन्ट, शर्ट आदिका विविध रुप र स्वरुपहरु पनि अवलोकन गर्न पाइयो । फेसन डिजाइनहरुको परिकल्पनाहरु पार्टी, रोमान्स, रेड कार्पेट, प्रकृति, धर्म, संस्कृति, अग्नी, वसन्त ऋतु आदिबाट प्रेरित थिए ।

Comments