असोज ६ मा आउँदै ‘द मंगोलिनय हर्ट’
screennepal
प्रकाशित: २०७४, २६ भाद्र सोमबार
no img

काठमाडौं , २६ भदौं । चलचित्र ‘द मंगोलिनय हर्ट’ ६ असोजबाट प्रर्दशनमा आउने भएको छ । निर्माण युनिटले राजधानीमा कार्यक्रम गरी चलचित्रको विभिन्न पक्षबारे जानकारी दिएको छ ।
आर.एल लामाको निर्देशनमा तयार भएको चलचित्रमा धिरन शाक्य आर.एल लामा, प्रतिक्षा खड्का, रोसनी ब्लोन, सुशिल पोखरेल, अजय खड्का, आकाश लामा, श्याम स्याङ्ताङ, लिला गिरी, माया लामा, बिजया तिखातरी लगायत कलाकारको अभिनय छ ।
आर.एल फिल्म इन्टरटेन्टमेन्टको ब्यानरमा खड्ग लामा मोक्तान प्रस्तुतकर्ता रहेको चलचित्र लंका माया मोक्तानले निर्माण गरेकी हुन् । चलचित्रका सह निर्माता देखिका खड्का, माया लामा, सम्झना शाक्य रहेका छन् ।
आर्यन र मंगोलियन समुदाय बिच हुने प्रेमकथालाई रोमान्टीक तवरले चलचित्रमा देखाउन खोजिएको चलचित्रमा शंखर महर्जनको द्धन्द्ध, दिनेश प्राख्रिनको नृत्य रहेको छ । चलचित्रको गीतमा मौसम मधुर र संध्या सुनुवारले स्वर दिएका छन्, भने संगीत रिमेश कुमार अमृत लामाको रहेको छ ।

Comments