राजेशपायल राईको सफलतामा रेखा थापा हौसिँदा…!
screennepal
प्रकाशित: २०७४, २१ भाद्र बुधबार
no img

एमपी सुब्बा
काठमाडौं, २१ भदौं । सधैं ‘गसिप’का पाना भरिरहने नाम हो, राजेशपायल राई । नेपाली गायन क्षेत्रका ‘मेगास्टार’ राजेशपायल कुनै न कुनै विषयमा ‘गसिप’हरुमा छाइरहन्छन् । यो राजेशपायलको एउटा विशेषता नै हो । कहिले ‘गसिप’मा त, कहिले ‘ट्रेन्डिङ’मा यही हो राजेशपायलको अर्को नाम । उनका लागि ‘लभ अफेर्यस’ र ‘विवाहका कुरा’ सामान्य भइसकेको छ । एक स्टारका लागि यो सामान्य हो । तर, यो साता भने राजेशपायल यसरी छाए, त्यो असमान्य हो ।
हो, यी मेगास्टार यो साता सोसल मिडियामा मात्र नभएर प्रभावकारी डिजिटल मिडिया यु–ट्युवमा पनि छाए । यसबीच अभिनेत्री रेखा थापाले सोसल मिडिया फेसबुकमार्फत सार्वजनिक रुपमै ‘मेरो फेबराइट सिंगर’ भन्दै ‘आई लभ यू’ भन्नाले यो साता राजेशपायल ‘हटकेक’ बने र अझै छाइरहेका छन् ।


‘नेपाल आईडल’ जो सामाजिक सञ्जालमा विभिन्न विवादित जस्ता लाग्ने प्रतिक्रियाहरु आइरहेकै बेला राजेशपायल गेस्ट जर्जका रुपमा सहभागी भएका थिए गएको साता । हो, त्यहीबाट राजेशपायलमाथि प्रशंसनीय लाग्दा ‘गसिप’हरु मकै छरेजस्तै अनलाइन मिडियाहरुमा छरिए ।
राजेशपायल ‘नेपाल आईडल’मा गेस्ट जर्जमा प्रस्तुत हुनअघि गायक रामकृष्ण सहभागी थिए । तर, रामकृष्णका लागि त्यो गेस्ट जज बन्नु अभिसाप जस्तै बन्यो जबकि, उनका अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा रामकृष्णलाई ‘बहिस्कार गर्ने’सम्मका शब्दबाणहरु आए । यसैबेला ‘नेपाल आइडल’मा गेस्ट जज हुनु पुगेका यी ‘मेगास्टार’ले भने नेपाली संगीतको इतिहासमा एक नयाँ इतिहास समेत रचे । अहिलेसम्म एउटै गायकले गाएको चार वटा गीत एकैसाथ यु–ट्युबको ट्रृडिङमा परेको थिएन । तर, यो साता राजेशपायलले त्यो सफलता हासिल गरेका छन् ।


विभिन्न युट्युव च्यानलमा राखिएका उनको भिडियोमध्ये ४ वटा नेपाल ट्रेन्डिङमा परे । ‘नेपाल आइडल’मा गाएको ‘तिमीलाई रोजे विश्वास गरे’, चलचित्र ‘ए मेरो हजुर–२’ को गीतलगायत ट्रेन्डिङमा परेका हुन् ।
राजेशपायलले डिजिटल मिडियामा चर्चा बटुलिरहँदा अभिनेत्री रेखा थापा हौसिइन् । र, सार्वजनिक रुपमै भनिन्, ‘राजेशपायल राई मेरो फेवराइट सिंगर, आई लभ यू ।’
हुन त एक स्टारको सफलतामा अर्का स्टारले खुसी व्यक्त गर्नु सामान्य हो । तर, रेखाले राजेशपायलको चर्चामा हौसिनुको भने अर्थ हुनसक्छ किनकि, बेलाबेला राजेशपायल र रेखा थापाको नाम प्रेमसँग पनि जोडिदै आएको छ । यतिसम्म कि ‘उनीहरु विवाह गर्दैछन्’ भन्नेखालमा गसिपले धेरैले आफ्ना पाना भराउँदै आएका छन् । यो साता पनि केही अनलाइनहरुले यस्तै शिर्षकसँग जोडे । तर, वास्तविकता के हो त ? के राजेशपायल र रेखाबीचको प्रेम र विवाह ‘गसिप’मा मात्र सिमित हो त ? यसबारे न राजेशपायलले स्पष्ट जवाफ दिनसक्छन्, न त रेखाले नै ।
एक किसिमले भन्ने हो भने राजेशपायल र रेखा गसिप मेकरका लागि मुहान हुन् । त्यसैले पनि राजेशपायल र रेखाले आफ्ना बारे आएका गसिपबारे स्पष्ट जवाफ दिन चाहँदैनन् । स्पष्ट जवाफ दिए गसिपको मुहान नै सुक्न सक्छ, अभिनेता राजेश हमालप्रति लेखिने एउटा गसिपको विषय टुंगिएजस्तै ।
अभिनेता हमालले विवाह गरेपछि ‘विवाह कहिले गर्ने ?’ भन्ने उनीमाथिको प्रश्न नै सहिद बनेको छ । यस्तै हो राजेशपायल र रेखाबीचको गसिप पनि । जो गसिप मेकरका लागि त्यो मुहान नसुकोस् भन्ने चाहन्छन्, र गसिप मेकरहरु पनि त्यही चाहन्छन् । तर, स्पष्ट रुपमा भन्नु पर्दा राजेशपायल र रेखाबीच ‘आत्मियता’ भने पक्कै छ । अरु बाँकी कुरा त राजेशपायल र रेखालाई नै थाहा होला…।

Comments