‘मिस टिन नेपाल’मा ३० जना भिड्दै
screennepal
प्रकाशित: २०७४, १२ भाद्र सोमबार
no img

काठमाडौं, १२ भदौं । ‘मिस टिन नेपाल–२०१७’का लागि ३० जना स्पर्धी छानिएका छन् । काठमाडौँ जेसिसले सन् २०१७ यता आयोजना गर्दै आएको यो प्रतियोगिताको १५औं संस्करण हो ।
दोस्रो अडिसनमा ४५ जना सहभागी थिए । प्रथम चरणको अडिसनमा सहभागी ७३ युवतीमध्येबाट उनीहरु छानिएका थिए । दोस्रो चरणमा छानिएकाहरु अब प्रशिक्षणमा सहभागी हुनेछन् ।
काठमाडौँ जेसिसले १६ देखी १९ बर्षका युवतीहरुको लुकेर रहेको प्रतिभा प्रस्फुटन गराई महिला सशक्तिकरण गर्न प्रत्येक बर्ष मिस टिन प्रतियोगिता गर्दै आएको छ ।
पहिलो अडीसनमा काठमाडौं जेसिसका बर्ष २०१७ का अध्यक्ष दिपक भण्डारी, कार्यकारी उपाध्यक्ष ईनु थापा, पुर्वअध्यक्षहरु ईन्द्ररत्न बज्राचार्य, रत्नकाजी श्रेष्ठ, सेनेटर मनोजकुमार श्रेष्ठ, मिस टिन नेपाल २०१६ की बिजेता जस्मिन खड्का, मिस टिन २०१५ की उपविजेता तथा राष्ट्रिय तेक्वान्डो खेलाडी रोजी गिरी, नृत्य संयोजक स्वजन रघुबंशी, कलाकार मन्चिन शाक्यसहितको निर्णायक मण्डलले सहभागी युवतीहरुको अडीसन लिएका थिए ।
दोस्रो चरणमा शनिबार भएको अडिसनमा काठमाडौं जेसिजका पूर्बअध्यक्षहरु शुशिलकुमार श्रेष्ठ, गणेश पौडेल, तालिम निर्देशक सुरेन्द्र शाही ठकुरी, निबर्तमान अध्यक्ष सुमन महर्जन, कन्सर्न कार्यकारी उपाध्यक्ष ईनु थापा, मिस टीन नेपाल २०१५ की बिजेता धृती केसी, २०१५ कि उपविजेता रोजी गिरी, मिस टीन नेपाल २०१६ की उप बिजेता उर्जा नेवाको जुरी प्यानलले सहभागी युवतीहरुको अडिसन लिएको थियो ।
सहभागीमध्येबाट छानिएका ३० जना उत्कृष्ट प्रतियोगीलाई तालिममा सहभागी गराईने काठमाडौं जेसिज मिस टिन नेपालकी कन्सर्न कार्यकारी उपाध्यक्ष ईनु थापाले जानकारी दिइन् ।

काठमाडौं जेसिजले १९९४ मा मिस नेपाल गरेपछि मिस नेपाल पछिको दोस्रो ठूलो सुन्दरी प्रतियोगिताको रूपमा रहेको मिस टिन नेपाल गर्दै आएको छ । यसमा मिस धरान, मिस हेटौंडा, मिस पोखरा र मिस पूर्वाञ्चलले सोझै सहभागी हुन पाउने जानकारी अध्यक्ष दीपक भण्डारीले दिए ।

यस बर्षको इन्चाईन्टर मिस टिन नेपाल २०१७ लाई फ्रान्सबाट उत्पादि ब्युटी प्रोडक्ट ईन्चाईन्टरले प्रायोजन गरेको छ । सहप्रायोजकको रुपमा रिलायन्स पेन्ट रहेको कन्सर्न उपाध्यक्ष बिवश कर्मचार्यले बताए ।

 

Comments