अम्बानीको पार्टीमा बलिउड सेलिब्रेटीको भीड, सञ्जय र सलमान आमने–सामने
screennepal
प्रकाशित: २०७४, १० भाद्र शनिबार
no img

मुम्बई, १० भदौ (एजेन्सी) । उद्योगपति तथा रिलायन्स ग्रुपका मालिक मुकेश अम्बानी र उनकी पत्नी नीता अम्बानीले दिएको पार्टीमा बलिउड सेलिब्रेटीको भीड देखिन्थ्यो । मुकेशले गणेश चतुर्थीको अवसरमा आफ्नो घरमै पार्टी दिएका थिए । जहाँ अभिनेता सञ्जय दत्त र सलमान खानसमेत आमने–सामने भए । जबकि, सञ्जय र सलमानबीच मतभेद रहेको चर्चा हुँदै आएको छ ।


उद्योगपति मुकेशको रात्रि भोजमा अभिनेता अमिताभ बच्चन छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्याका साथ पुगेका थिए । उक्त पार्टीमा अभिेनता आमिर खान पत्नी किरण राव र छोरा आजादका साथ देखिए । त्यस्तै, स्टार किड्स अमृता सिंहकी छोरी सारा, श्रीदेवीकी छोरी जाह्न्वी, करिश्मा कपूरकी छोरी समायरा र सुनील शेट्टीका छोरा अहान पनि पार्टीमा पुगेका थिए । तर, चर्चा भने सञ्जय र सलमानको आमने–सामनेले पायो । सन् २०१६ मा जब सञ्जय दत्त जेलबाट बाहिरिए तब सलमानसँगको मतभेद मिडियामा चर्चामा थियो ।


अम्बानीको पार्टीमा अभिनेता रणवीर सिंह दीपिका पादुकोण साथ देखिए भने टाइगर श्राफ र दिशा पाटनीको जोडी पनि पार्टीमा रमाइरहेका देखिए । त्यस्तै, शाहरुखÞ खान, जोन अब्राहम, रणबीर कपूर, सिद्धार्थ मल्होत्रा, जैकलीन फर्नांडीज, प्रियंका चोपड़ा, जूही चावला र विद्या बालन जस्ता स्टार पनि यी उद्योगपतिको रात्रि भोजमा रमाउन पुगेका थिए ।

Comments