४७ लागिन् मनिषा, यस्तो छ उनको जिबनको उताब-चढाव
screennepal
प्रकाशित: २०७४, ३२ श्रावण बुधबार
no img

एजेन्सी, ३२ साउन । बलिउड अभिनेत्री मनिषा कोइराला ४७ बर्ष लागिन् । मनिषाले हावाको झोँका झै बलिउडमा पाइला राखिन् र पहिलो फिल्मबाटै इलु इलु गर्लको नामबाट पपुलर भइन् । नेपाली सुन्दरी मनिषाले बर्षौ आफ्नो क्रेज बनाइ राखेकी छन् । यिनै नेपाली चेली तथा बलिउड अभिनेत्री मनिषा बुधबारबाट ४७ मा लागिन् ।
९० को दशककी मनिषा काजोल, माधुरी र करिश्मा जस्तै बलिउडकी चर्चित अभिनेत्री हुन् । मनिषाले फिल्ममा केही यादगर भूमिका निभाएकी छन् । उनी अभिनय र सुन्दरताका कारण जति चर्चामा छिन् उती नै विवादका कारण पनि चर्चामा छिन् ।
बताइन्छ की मनिषा आफ्नो फिल्ममा भन्दा बढी व्यक्तिगत सम्बन्धमा ध्यान दिन्थिन् । उनका केही अफेयर्स रहे । यसको असर उनको फिल्मी करिअरमा समेत पर्यो । ज्याकी श्राफ, सलमान खान, नाना पाटेकर, विवेक मशुरान, आर्य वैद्य लगायतसँग उनेको सम्बन्ध थियो ।
सलमान र मनिषा फिल्म ‘सङ्गदिल सनम’ र ‘खामोशी’ को सुटिङको समयमा नजिकिएका थिए । ‘खामोशी’ को सेटमा सलमान र मनिषाको प्रेम बसेको बताइन्छ । उनी सँधै साँचो प्रेमको खोजिमा रहिन् । उनको दिलको ढोका केही मानिसहरुका लागि खुले । मनिषाको नाम उनका सहकर्मी ज्या श्राफसँग पनि जोडियो ।
अनिल कपूरको नाम पनि मनिषासँग जोडियो । बलिउडमा जबदेखि मनिषाको इन्ट्री भयो तब उनका रोमान्सका किस्सा सुरु भएका थिए ।
मनिषाको नाम अहिलेसम्म २० भन्दा बढीसँग जोडिएको छ । उनको पहिलो अफेयर फिल्म ‘सौदागर’ का सहकर्मी विवेक मुशरानसँग भएको थियो । दुवैले एकै साथ फिल्म गरे । जब विवके बलिउडमा फ्लप हुन लागे तब मनिषा पनि उनीसँग टाढा भइन् ।
कृस्पिन कनराय नेपालमा अस्ट्रिलियाका राजदुत थिए । मनिषा र कृस्पिनको अफेयर केही बर्ष चल्यो । २००३ मा मनिषा फिल्म मेकिङ कोर्स लिन लण्डन गइन । उहाँ उनले अर्का एकसँग प्रेम गरिन् । नाइजेरियन बिजनेस म्यान सेसिन एन्थनीसँग उनको प्रेम बस्यो । त्यही समय मोष्न आर्यन बैद्यसँग पनि उनी नजिक थिइन ।
आर्यनका लागि उनले केही बी ग्रेड र सी ग्रेडका फिल्ममा समेत काम गरिन् । आर्यन बैद्य जब आफ्नो प्रचार प्रसारका लागि मनिषाको प्रयोग गर्न थाले तब उनीहरुको सम्बन्ध तोडियो । मनिषाको लामो लभ लिस्टमा क्रिस्टोफर डारिसको नाम समेत जोडियो । २००९ मा यो जोडि विवाह गर्ने तयारीमा थिए । त्यहीबेला उनीहरुको बीचमा खटपट आएको थियो ।
क्रिस्टोफरसँगको ब्रेकअप पछि उनले सम्राट दाहलसँग विवाहको घोषणा गरिन् । सम्राट र मनिषा सामाजिक संजालका माध्यमबाट जोडिएका थिए । एक सोशल नेटवर्क १९ जुन २०१० मा नेपालका बिजनेश म्यान सम्राटसँग मनिषाको विवाह भएको थियो ।
सम्राट मनिषा भन्दा ७ बर्ष कान्छा थिए । केही समयसम्म उनीहरुको सम्बन्ध राम्रो थियो । तर उनीहरुको सम्बन्ध लामो समयसम्म टिक्न सकेन र सम्बन्ध विच्छिेद भयो । त्यसपछि मनिषालाई क्यान्सर लाग्यो ।

Comments