‘मिस विश्वकर्मा इन्टरनेशनल’ प्रतियोगीले देखाए कला
screennepal
प्रकाशित: २०७४, २६ श्रावण बिहीबार
no img

काठमाडौं, २६ साउन । ‘मिस विश्वकर्मा इन्टरनेशनल–२०१७’का प्रतियोगीले बुधबार आ–आफ्नो प्रतिभा देखाएका छन् । आउँदो ८ सेप्टेम्बरमा कतारमा हुन गइरहेको ‘मिस विश्वकर्मा इन्टरनेशनल’मा १५ प्रतियोगी स्पर्धा गर्दैछन् । प्रतियोगीहरुले गीत तथा नृत्य देखाएका थिए ।
मिस ट्यालेण्टमा प्रतियोगीमध्ये सिर्जना विश्वकर्मा, रेश्मा सुनार र रचना बराइली गीत गाएका थिए भने गरिमा विश्वकर्मा, पुष्पा रामदाम, पुष्पा रामदाम, मनिषा गज्मेर, रुष्मा पटेलले, स्नेहा घतानी, शुशिला बिश्वकर्मा, जिना सेन्चुरी, निलम गज्मेर र सोनु बिश्वकर्माले नृत्य देखाएका थिए । साथै सबिना बिश्वकर्मा र सुजना खातीले स्पिच दिएका थिए । ट्यालेण्ट राउण्डमा आफ्नो प्रतिभा देखाएका प्रतियोगीहरु मध्ये जज्हरुले दिएको नम्बरको आधारमा टप ट्यालेण्ट छानिनेछ । ट्यालेन्ड राउण्डमा जज्को रुपमा संगीतकार राम सिटौला, गायिका जिना रसाइली, नायिका तथा मोडल शुभेक्क्षा थापा, मोडल निराजन लुईटेल र फेशन डिजाईनर सुनिता उप्रेती रहेका थिए ।
साथै अहिले तालिममा सहभागी मध्ये आउदो भदौ १ गते टप १० छानिनेछ । मिस विश्वकर्मा इन्टरनेशल को बिजेतालाई टिभिएसको स्कुटर प्रदान गरिनुको साथै एअर होस्टेजको प्रशिक्षण निःशुल्क दिइनेछ र सौर्य एअर लायन्समा जागिरको ग्यारेन्टी रहनेछ । साथै, मोनाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा अवसर दिइने र शिक्षामा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिने आयोजक मोनाली इन्टरटेन्मेन्टका सञ्चालक दिपक बराइलीले जानकारी दिए । सेकेन्ड रनरलाई ५० हजार र थर्ड रनरलाई ४० हजार नगदसहित अन्य अवसर रहेको आयोजकले जनाएको छ ।

Comments