ढाकाको खादामा माला सिन्हा मुस्कुराउँदा…! (फोटोफिचर)
screennepal
प्रकाशित: २०७४, २५ श्रावण बुधबार
no img

काठमाडौं, २५ साउन । करिब ५१ वर्षपछि नेपाली स्टेजमा उभिँदा पनि अभिनेत्री माला सिन्हा र सिपी लोहनीको उस्तै क्रेज देखियो । भद्रकालीस्थित आर्मी अफिसिर्यस क्लवको स्टेजमा माला र सिपीको प्रवेशसँगै ढाकाको खादाले स्वागत गरिएको थियो, जहाँ अभिनेत्री माला सिन्हा ढाकाको खादामा मुस्कुराउँदा उनको ढल्किँदो उमेर छपक्कै छोपिएको आभाष दर्शकले पाए । ब्याकस्टेजमा माला र सिपीलाई इंगित गदैं एकजनाले भने, ‘कलाकारको क्रेज भनेको यो पो हो त ।’


हुन पनि नेपाली चलचित्र ‘माइती घर’की यी अभिनेत्रीको करिब ५ दशकपछि पनि उस्तै क्रेज दर्शकदीर्घामा देखियो । माला र सिपीको दर्शक क्रेजले के पुष्टि ग¥यो भने, ‘कला र गला भएकाहरुका लागि जवानी हुन आवश्यक छैन ।’ तर, यहाँ दर्शकमाझ आफ्नो क्रेज स्थापित गर्न सुन्दर रुपसँगै जवानी पोख्नुपर्छ भन्ने एक किसिमको मानसिकता छ ।


माला र सिपी सिनेमा सर्कल नेपालले यो साता राजधानीमा आयोजना गरेको एलजी फिल्म अवार्डमा सहभागी हुन भारतबाट आएका हुन् । उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका अतिथिहरुलाई ढाकाको खादाले स्वागत गरिएको थियो । उक्त ढाकाको खादा भने द हाइल्याण्ड आर्ट तथा कल्पना ढाका बुटिककी कल्पना योङहाङले उपलब्ध गराएकी हुन् ।


अवार्ड समारोहमा ढाकाविद् समेत रहेकी फेसन डिजाइनर कल्पना आफै पनि सहभागी थिइन् । ढाका साडीमै आवार्ड समारोहमा सहभागी भएकी कल्पनाले भनिन्, ‘माला सिन्हा मलाई मनपर्ने कलाकार हुन् । त्यसैले पनि यो कार्यक्रममा सहभागी भएकी हुँ ।’ अमेरिकाको विभिन्न राज्यमा आफ्नो ढाका व्यवसायिक प्रवद्र्धन गरेर नेपाल फर्केको भोलीपल्ट नै कल्पना अवार्ड समारोहमा सहभागी भएकी हुन् ।


अवार्ड समारोहमा माला र सिपीको चर्चासँगै आफ्नो ढाका उत्पादनको लोकप्रियता देखेपछि कल्पना दंग देखिएकी थिइन् । उनले भनिन्, ‘ढाका कपडा तथा पहिरनको लोकप्रियता बढ्दै जानुमा मेरो ठूलो देन छ । मैले ढाकाकै लागि वर्षौ खर्चेकी छु ।’ कल्पनाले नेपालमा मात्र नभएर अमेरिकालगायत विश्वका विभिन्न मुलुक जहाँ नेपाली पुगेका छन् । त्यहाँ आफ्नो उत्पादन पु-याउने लक्ष्य रहेको सुनाइन् ।

Comments