मोडल हन्टमा ७० भिड्दै
screennepal
प्रकाशित: २०७४, ४ श्रावण बुधबार
no img

काठमाडौं, ४ साउन । ‘मोडल हन्ट नेपाल २०१७’का लागि ७० प्रतियोगी छानिएका छन् । राजधानीमा आयोजित पहिलो र दोस्रो चरणको अडिसनबाट यी प्रतियोगी छानिएका हुन् ।
प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरि उनीहरुको ब्यवसायिक करियर निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यले प्रतियोगीता आयोजना गरेको जनाइएको छ छ ।
प्रारम्भिक चरणको अडिसनबाट छानिएका प्रतियोगीहरु अब अन्तिम स्पर्धाका लागि थापाथली स्थित मुड्स स्टुडियोमा ६ गतेदेखि नियमित प्रशिक्षणमा जुट्ने छन् ।
युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरि अन्तराष्ट्रियस्तरको मोडल बन्न प्रतियोगीता लाभदायक हुने नेक्स्ट मोडल्स नेपालले जनाएको छ ।

Comments