उकुशाले जितिन् ‘मिस एसिया नेपाल–२०१७’को ताज
screennepal
प्रकाशित: २०७४, ३ श्रावण मंगलवार
no img

काठमाडौं, ३ साउन । वानेश्वर भिमसेनगोलाकी १८ बर्षीया उकुशा गिरीले ‘मिस एसिया नेपाल–२०१७’को ताज चुमेकी छन् । राजधानीमा सम्पन्न यस सौन्दर्य प्रतियोगितामा टिभीसीमा काम गर्दै आएकी उकुशाले आफ्नो नाम बिजेतामा घोषणा हुनेबित्तिकै आँखाबाट खुसीका आँसु झारिन् । उनलाई ‘मिस एशिया ग्लोबल’ मा नेपालको प्रतिनिधित्व गरिसकेकी सुप्रभा कुँवरले ताज लगाइदिइन् ।
विभिन्न उत्पादनका साथमा ¥याम्प मोडलिङसमेत गर्दै आएकी उकृशाले ‘मिस एसिया नेपाल–२०१७’को ताज जितेसँगै आगामी असोजमा श्रीलंकामा हुने ‘मिस एसिया ग्लोबल’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छन् । उनलाई उपाधिवापत नगद ५० हजार रुपियाँका साथमा विभिन्न म्युजिक तथा टिभीसी भिडियोमा खेल्ने अवसर प्रदान गरिने आयोजक संस्था नेक्स्ट इभेन्ट इन्टरनेसनलले जनाएको छ ।


उकुषाले शीर्ष उपाधिसँगै मिस पर्सनालिटीको उप उपाधि पनि हात पारिन् । मिडिया पर्सनालिटी जीपी तिमल्सेना, पूर्वमिस ग्लोबल इन्टरनेसनल निलम चन्द, पूर्वमिस नेपाल अर्थ मेधा कोइराला, ब्यबसायी तथा कलाकार रचिता क्षेत्री र पूर्वमिस अरोमा चितवन इशा प्रधानले विभिन्न चार राउण्डमा प्रतियोगीहरुको प्रस्तुतिको मूल्यांकन गरेका थिए ।
प्रतियोगितामा काभ्रेपलान्चोककी मेडिकल विद्यार्थी परिक्षा बिष्ट फस्ट रनर्सअप भइन् भने जानकी श्रेष्ठ मिस पपुलर र मिस बेस्ट ड्रेससहित सेकेन्ड रनर्सअप भइन् ।
यसैगरी नेहा बिष्ट मिस बब्ली र चार्मिङ, सुष्मा ठकुरी मिस ट्यालेन्ट, सुमी भट्टराई बेष्ट वाल्क र कृषा श्रेष्ठ मिस कन्फिडेन्ट छानिएका छन्। आयोजकका अनुसार विजेता र फस्ट तथा सेकेन्ड रनर्सअप एक बर्षसम्म आयोजक नेक्स्ट इभेत्न इन्टरनेसनल तथा फ्रेन्ड्स इनिसेटिभको गुडविल एम्बेस्डर रहने छन् भने सम्पूर्ण उपउपाधि बिजेता तथा प्रतिगीहरुलाई विभिन्न अवसर प्रदान गरिनेछ ।

Comments