नेदरल्याडमा फर्रफरायो नेपालको राष्ट्रिय झण्डा
screennepal
प्रकाशित: २०७४, २३ असार शुक्रबार
no img

काठमाडौं, २३ असार । नेदरल्याण्डस्को वार्फममा सम्पन्न ५२ अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा एभरेष्ट नेपाल कल्चरल ग्रुरुपले गौरवमय प्रदर्शन गरी नेपाल फर्केको छ ।
दौरा सुरुवाल ढाकाटोपी साथै गुन्यु चोलीमा सजिएर कलाकार टोली चन्द्र–सुर्य अंकित नेपालको राष्ट्रिय झन्डा बोकेर जब स्टेजमा उक्ले, तब दशौ हजार दर्शकको तालीको गडगडाहट पाएको थियो ।
१६ राष्ट्रको सहभागिता रहेको मेलामा नेपालको तर्फबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपले भाग लिएको थियो र ग्रुपका प्रमुख रामचन्द्र कोइरालाको संयोजन तथा ग्रुपका निर्देशक सीतल आचार्य (सिता) र मिरज कोइरालाको अगुवईमा गएको टोलीले नेपालको परम्परागत लोक सस्कृति झल्काउने प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा झ्याउरे, तामाङ, झोडा, सतार, शेब्रु, धिमाल सोरठीका साथै दर्जनौ नृत्यहरु प्रदर्शन गरिएको थियो ।

19511183_10209467442869567_234794195449476100_n
मेलामा ग्रुपका प्रमुख रामचन्द्र कोइरालाका साथै निर्देशकहरु सीतल आचार्य सिता), मिराज कोइराला नृत्यतर्फ सपना महर्जन, सिम्रन शाही, प्रमिल रिजाल, अनिता अधिकारि, एलिना राइ, अनित थापा मगर, प्रियान्क मगर, शम्भु शाही, कृष्ण रेउले, रुपिन डङ्गोल, उदिराम खड्का, माइकल मगर, प्रकाश न्यौपाने, बसुदेव भट्ट तथा बाद्यबादन तथा गायक गायिकातफ बासुरीबादक रामबहादुर भुजेल, गायक दुर्गा रायमाझी, वाध्यबादक धनेश्वर तिवारी, गायक रामप्रसाद पाण्डे, कृष्णकाजी डंगोल, गायिका रिता बुढाथोकी भुजेल, वीरबहादुरलगायत सहभागी थिए ।

Comments