डोल्मालाई विदाईको अन्तिम फूल चढाउँदा… (फोटोफिचर)
screennepal
प्रकाशित: २०७४, २० असार मंगलवार
no img

काठमाडौं, २० असार । नेपाली चलचित्र क्षेत्रमा केही गरौला भन्ने एक प्रतिभावान निर्देशक तथा कलाकार निलु डाल्मा शेर्पा सधैका लागि विदा भएकी छन् । गएको शनिबार हृदयघातका कारण दिवंगत भएक डोल्माको मंगलबार अन्तिम दासंस्कार गरिएको छ । यससँगै डोल्मा अब हामीहरुको सम्झनामा सिमित भएकी छन् ।

डोल्माको पार्थिव शरीरलाई स्वयम्भूस्थित आर्यघाटमा बौद्ध परम्पराअनुसार दासंस्कार गरिएको थियो । डोल्मालाई अन्तिम श्रद्धाञ्जली दिन उनका सहकर्मी तथा चलचित्र क्षेत्रका विभिन्न कलाकारहरु सयंमभू पुगेका थिए ।

screennepal (1)
डोल्मालाई अन्तिम विदाई गर्न अभिनेत्री रेखा थापा, दिपाश्री निरौला, माल्भिका सुब्बा, निशा अधिकारी, नम्रता श्रेष्ठ, दयाहाङ राईलगायत सयम्भू पुगेका थिए । साथै, डोल्माको अन्तिम विदाईमा निर्माता संघका अध्यक्ष आकाश अधिकारी, पुर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशी, अस्मि श्रेष्ठ, रविना देशराज जोशी, आयुष्मान देशराज, आशिरमान देशराजलगायत उपस्थित थिए । डोल्मालाई अन्तिम विदाइको फूल चढाइरहँदा सबैको आँखा रसाएको थियो ।

तस्बिर सौजन्य :रमाइलो छ डटमबाट

screennepal (6) screennepal (5) screennepal (4) screennepal (3) screennepal

Comments