पुर्वाञ्चलमा छायांकन हुँदै ‘शरदका पातहरु’
screennepal
प्रकाशित: २०७४, ८ असार बिहीबार
no img

काठमाडौं, ८ असार । यतिखेर पूर्वाञ्चलको विभिन्न रमणीय स्थानहरुमा चलचित्र ‘शरदका पातहरु’ छायाँकन भइरहेका छ । राज्य राई देमिनको निर्देशनमा चलचित्र ‘शरदका पातहरु’को छायाँकन भइरहेको हो । टिएन गणेश भण्डारीको कथा रहेको ‘शरदका पातहरु’ एभरेष्ट कलचर एण्ड मिडिया एकेडेमीको ब्यानरमा निर्माण भइरहेको छ भने सागर दराईको लगानी रहने छ ।
अनिता देवी तामाङ र बृहस्पति राईको सह निर्माणमा तयार हुने यस चलचित्रलाई सामसायिक प्रेम कथालाई सन्देशमुलक अनि मनोरञ्जनात्मक रुपमा प्रस्तुत गर्ने निर्माण पक्षको दावी रहेको छ ।
चलचित्रमा सुवाष मेचे, करिष्मा मानन्धर, श्रेया दुलाल , अजित राई , मनिषा श्रेष्ठ, सुवास गजुरेल, बमीता जी.एमे., श्याम कुमार राई लगायत अन्य कलाकारहरुको मुख्य भूमिका रहने छ । चलचित्रमा निर्देशक देमिनकै संगीत रहेको छ भने व्दन्द कुमार श्रेष्ठ । पुर्वका धरान, धनकुटा, भेडेटारमा लगायतका ठाउँहरुमा चलचित्रकोे छायांकन हुने बताइएको छ ।

Comments