नाचघरमा ‘सामान’ देखाइयो !
screennepal
प्रकाशित: २०७४, ४ असार आईतवार
no img

काठमाडौं, ४ असार । लघु चलचित्र ‘सामान’ को एक समारोहबीच राजधानीमा प्रदर्शन गरिएको छ । रंग सारथीद्वारा प्रस्तुत तथा नाट्यकर्मी बिजय बिष्फोटद्वारा निर्देशित ‘सामान’ को जमलस्थित नाचघरमा विशेष शो गरिएको हो ।
उक्त चलचित्रको बिशेष प्रदर्शनमा पत्रकारलगायत बिशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र बिष्ट, सर्वनाम थियटरका अध्यक्ष अशेष मल्ल, वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमोद कोइराला, नाट्यकर्मी महासंघका सचिब जेबि डीसी र दोलखा, गौरी शंकर गाउँपालिकाका उपप्रमुख उर्मिला थामीको उपस्थिति थियो । उनीहरुले ‘सामान’ हेरेपछि देशले उठाउने इस्यू उठाएको भन्दै प्रशंसा गरेका थिए ।

खाडीलगायतका मुलुकहरुबाट प्राय हरेकदिन नेपाल ल्याइने कफिनहरु र बिदेशी भुमिदेखि नेपाल ल्याउनेसम्मको कानुनी, प्रसासकिय प्रक्रिया विश्व मानव अधिकारको प्रचलित अभिसन्धिभित्र आजको मितिसम्म संयुक्त राष्ट्र संघबाट समेत सम्बोधन हुन नसक्नु र यसतर्फ नेपाललगायतका विषयमा गम्भीर नहुनु बिडम्बनालाई लघु चलचित्रमा उठाएको छ । साथै कफिनलाई कुनै वस्तुसरह कार्गो कम्पनी तथा एयरलाइन्सहरुले ढुवानी बस्तु सूचीमा राख्ने गरेको यर्थातलाई पनि चित्रण गरिएको छ ।

चलचित्र सामान निर्माणको मुख्य उद्देश्य ओझेलमा रहेको बिषयलाई राष्ट्र संघको मानव अधिकारवादी संघ सस्था तथा नेपाल सरकार र अन्य देशका सरकारको गम्भीर ध्यान आकर्षण गराउनु रहेको निर्देशक विष्फोटले बताए । चलचित्र ‘सामान’ मा बी शाही, ज्योति राई, शंकर मैनाली, रोहानी लामा, दिलीप खड्का, राज भट्टराई, सरस्वती अधिकारी. नरेश भुर्तेल. सरिता शाह. कृष्ण शर्मा. कमल गिरीलगायतले अभिनय गरेका छन् । चलचित्रको कार्यकारी निर्मातामा कुमारराज शर्मा रहेका छन् भने फिल्मको कथा तथा पटकथा स्वयम् निर्देशकले गरेका हुन् ।

Comments