दशैं अगाडि दुस्साहस : निशा
screennepal
प्रकाशित: २०७४, १६ जेष्ठ मंगलवार
no img

काठमाडौं, १६ जेठ । नेपाली चलचित्र ‘दुस्साहस’ले मंगलबार राजधानीमा पत्रकार भेटघाट गरी चलचित्रबारे जानकारी गराएको छ । हाल सम्पादन कार्य सकेर डबिङमा रहेको ‘दस्साहस’ टिमले राजधानीको भीमसेनगोलास्थित हट लिप्स रेष्टुरेण्टमा गरेको कार्यक्रममा कलाकार तथा प्राविधिकलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।
दिनेश लिङ्देनद्वारा निर्देशित यस चलचित्र हाल होम प्रोडक्सनमा रहेको छ । यसैबेला पत्रकार सम्मेलन गरी चलचित्रबारे जानकारी गराएको हो । निर्देशक उदय सुब्बा, कलाकार दिनेश शर्मालगायतको आतिथ्यमा आयोजित कार्यक्रमा चलचित्रकी नायिका निशा लिम्बू पोमुलगायतका कलाकार उपस्थित थिए । कार्यक्रममा बोल्दै नायिका निशाले भनिन्, ‘यो मेरो डेब्यु चलचित्र हो । यसबाट मैले धेरै अपक्षा गरेकी छु ।’ उनले आफ्ना काम र मिहिनेतलाई हेरेर साथ र सहयोग गर्न समेत उनले पत्रकारहरुलाई आग्रह गरिन् । चलचित्र कहिले रिलिज हुन्छ भन्ने प्रश्नमा निशाले भनिन्, ‘यो कुरा मलाई भन्दा निर्देशकलाई थाहा होला । तर, दशैं अगाडि रिलिज पक्का हुन्छ ।’

ni (2)
निर्देशक दिनेशले पनि चाँडै चलचित्र दर्शकमाझ आउने बताए । उनले सार्वजनिक रिलिजभन्दा अगाडि विदेशमा च्यारिटी गर्ने पनि बताए ।
चलचित्रमा निशाका आलावा रुपा राना, सोम लामा, अजय खड्का, प्रिजन श्रेष्ठ, उदय सुब्बा, प्रदीप योङहाङ, कल्याण राईलगायतको मुख्य अभिनय रहेको छ भने संगीत विकास चौधरी, द्वन्द्व राजु किराती र छायांकन ज्ञानु राईको रहेको छ ।

ni (1) IMG_5149 IMG_5147

Comments