धिरज राईसँग ‘मि.रेक्स एण्ड मिस रेजिना’ प्रतियोगी
screennepal
प्रकाशित: २०७४, २४ बैशाख आईतवार
no img

काठमाडौं, २४ बैशाख । ‘मिस्टर रेक्स एण्ड मिस रेजिना–२०१७’ का प्रतियोगीहरु हिजोआज आफ्नो प्रतिभा निखारिरहेका छन् । उनीहरुलाई विभिन्न व्यक्तित्वहरुले प्रशिक्षण दिँदै आएका छन् । रेक्स फेसन होमले पहिलोपटक आयोजना गर्न लागेको यस प्रतियोगितामा १५ जना युवायुवतीले स्पर्धा गरिहेका छन् ।

d1
प्रशिक्षणका क्रममा गायक धिरज राईले पनि आत्मविकासबारे प्रतियोगीहरुलाई प्रशिक्षण दिए । ‘सेलिब्रेटीसंग प्रतियोगी’अन्तर्गत धिरजले उनीहरुसँग सात्क्षार गरेका हुन् । आयोजक संस्थाका प्रबन्ध निर्देशक खगेश रञ्जितकारका अनुसार प्रतियोगीहरुलाई फाइनलमा उतार्नअघि मिडिया, समाजसेवी तथा सेलिब्रेटीहरुसँग भेटघाट गराइनेछ । जसले प्रतियोगीमा आत्मविकास बृद्धि गर्नेछ । प्रतियोगितामा १६ देखि २४ वर्ष उमेर समूहका युवा तथा युवतीले सहभागी जनाएका छन् ।

d2
प्रतियोगितामा विजेता हुने अर्थात मिस्टर रेक्स र मिस रेजिनाले नगद ५०–५० हजार पाउनका साथै विभिन्न पुरस्कार प्राप्त गर्नेछन् । अन्य प्रतियोगितामा मिस विजेतलाई ताज दिएजस्तै यस प्रतियोगितामा ‘मिस्टर रेक्स’को उपाधि हासिल गर्नेले सिल्भरको टोपीसमेत पाउनेछन् भने प्रतियोगितामा फस्ट रनरअप र सेकेण्ड रनरअपले क्रमश १० र ५ हजार तथा विभिन्न उपहार प्राप्त गर्नेछन् ।

कार्यक्रम संयोजक भावना महर्जन, अफिसियल कोरियोग्राफर रेक्स रञ्जितकार, इभेन्ट संयोजक दिवान्स श्रेष्ठ, प्रमोटर कुलबहादुर राना, सुनिल लामिछाने र रेजिना महर्जन र सह संयोजक ज्योती मानन्धर रहेका छन् । कार्यक्रमको अन्तिम स्पर्धा ६ जेठमा राष्ट्रिय नाचरघरमा हुने जनाइएको छ ।

Comments