‘मिस टिन ग्लोब’ प्रतियोगीले देखाए कला
screennepal
प्रकाशित: २०७३, २५ चैत्र शुक्रबार
no img

काठमाडौं, २५ चैत । स्टार वन इन्टरटेनमेन्टले आगामी बैशाख २ गते राजधानीमा आयोजना गर्न लागेको सौदर्य प्रतियोगीता मिस टिन ग्लोब २०१७ का प्रतियोगीले त्यसअन्र्तगत आफ्नो ट्यालेन्ट प्रदर्शन गरेका छन्। विभिन्न उमेर र वर्ग समूहका लागि विविध प्रकारका सौन्दर्य र प्रतिभामूलक प्रतियोगिता आयोजना गर्दै आएको स्टार वन इन्टरटेनमेन्टले मिस टिन ग्लोब २०१७ मा सहभागी प्रतियोगीतमध्येबाट मिस ट्यालेन्ट चयन गर्नका लागि आयोजना गरेको ट्यालेन्ट शोमा सहभागीहरुले आप्mना प्रतिभा प्रदर्शन गरेका हुन्।

News-Miss Teen Globe
राजधानीको नयाँ वानेश्वरस्थि होटल रानी महलमा आयोजना गरेको ट्यलोन्ट शोमा प्रतियोगिहरुले सांस्कृतिक र कलातमक नृत्य, आधुनिक नृत्य, कुकिङ, अभिनय र वक्तृत्वकला प्रदर्शन गरे। शोमा अधिकांश प्रतियोगीले नृत्य प्रस्तुत गरेर निर्णायकहरुको मन जित्ने प्रयास गरेका थिए। प्रतियोगिताको अन्तिम स्पर्धामा राजधानीमा विभिन्न कलेजमा अध्ययनरत जश्मिन ओझा, दिपिका खड्का, श्रुति महर्जन, अस्मिता दंगाल, वर्षा कोइराला, प्रसस्ना श्रेष्ठ, जेमिना घिसिङ, सजिता दाहाल, सुनिता थापा मगर, कञ्चन मगर, सुवर्णा सिंखडा, अनुजा कार्की र आयुष्मा महर्जनले शीर्ष उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै संरचना विश्वकर्मा, रुसाली अधिकारी, समिता तामाङ, अनिषा स्थापित, आस्था शाह, सञ्चली प्रधान, सलिना मर्हजन, शर्मिला तामाङ, स्वस्ती दंगाल, कृष्टिना सापकोटा, रेशिमा थापा, वन्दना बस्नेत, सिमा लामा, मिङ ह्याल्मो, पुजा आचार्य र पासाङ ल्यामु शेर्पा पनि अन्तिम स्पर्धाका लागि जुटिरहेका छन। प्रतियोगिताको कोरियोग्राफी र कार्यक्रम सञ्चानल कोरियोग्राफर अश्विनी झाले गर्दैछन्। बालकृष्ण पोखरेलको इभेन्ट मेनेजमेन्ट, पूजा निरौलाको इभेन्ट निर्देशन र दिपेन्द्र कार्कीको इभेन्ट संयोजनमा हुन लागेको प्रतियोगिताअन्र्तगतको ट्यालेण्ट शोमा हास्य कलाकार गोपाल ढकाल छन्दे, डा. सिके सिंह र मिसेस नेपाल इन्टरनेशनले २०१६ की फष्ट रनर्सअप विना खतिवडा निर्णायक रहेका थिए।

IMG_0658 copy

Comments