फोटोसुटमा यस्ता देखिए प्रतिस्पर्धी ‘आदिवासी सुन्दरी’
screennepal
प्रकाशित: २०७३, ४ चैत्र शुक्रबार
no img

IMG_6080

काठमाडौं, ४ चैत । ‘आदिवासी सुन्दरी’ अर्थात् ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को उपाधिका लागि यतिखेर ४४ जना युवती कडा प्रतिस्पर्धा गरिरहेका छन् । अन्तिम प्रतिस्पर्धामा आफूलाई अब्बल एवं सक्षम बनाउन उनीहरुले आत्मविकाससम्बन्धी विभिन्न प्रशिक्षण लिइरहेका छन् । यसैक्रममा यी प्रतिस्पर्धी आदिवासी सुन्दरीहरुको फोटोसुट कार्य सम्पन्न भएको छ । ‘मिस फोटोजनिक’ टाइटलका लागि उनीहरुको फोटोसुट गरिएको हो ।

IMG_6084
प्यासिफिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल’ को यो दोस्रो संस्करण हो । आदिवासी जनजाताती युवतीहरुलाई लक्षित यस प्रतियोगितामा सहभागी सबै उत्कृष्ट छन् । तैपनि एकजनाले उपाधि पाउने भएकाले सहभागीबीच कडा स्पर्धा हुनेछ ।

IMG_6092
प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले क्याटवाकलगायत विभिन्न ग्रुमिङ कक्षा दिँदै आएका छन् । यसका साथै प्रतियोगीहरुलाई विभिन्न आदिवासी जनजाती क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुबाट पनि आदिवासी शीप, कला, भाषा र संस्कारबारे प्रशिक्षण दिँदै आएको आयोजक संस्थाका अध्यक्ष पुफु तेञ्जिङ शेपाले बताए । कार्यक्रमको अन्तिम स्पर्धा आउँदो १४ चैतमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

Comments