सुनपानी फ्लपपछि सबिनको ‘हाई डार्लिङ’ !
screennepal
प्रकाशित: २०७३, ३० फाल्गुन सोमबार
no img

sabin

काठमाडौं, ३० फागुन  । चलचित्र ‘हाइ डार्लिङ’ बन्ने भएको हो । यो चलचित्रलाई सविन बास्तोलाले बनाउन लागेका हुन् । उनले केहि समयअघि समाजमा हुने गरेको छुवाछुत सम्बन्धि ‘सुनपानी’ नामक चलचित्र निर्माण गरेका थिए ।
सबिनको  सुनपानीलाई सरकारले विशेष फिल्मद्वारा सम्मानित गरेको थियो । तर, व्यापारका हिसावले भने खाशै चर्चामा आएन । ‘सुनपानी’ ले सोचेजस्तो व्यापार नगरेपनि अहिले उनी ‘हाई डार्लिङ’ नामको चलचित्र निर्माण जुटेका छन् । उनले आफ्नो यो चलचित्रको नाम नेपाली दर्शकले रोजे जस्तै भएको बताए ।
‘नेपालमा बसेर मेरो सोचका फिल्म चलाउन गाह्रो रहेछ, चेतना मुलक चलचित्र बनाएर दर्शक हलसम्म तान्न गाह्रो रहेछ’ उनले भने, ‘जे पायो त्यहि चलचित्र बनाएर मान्छे हँसाउने चलचित्र चल्दोरहेछ यहाँ । त्यसैले मैले नयाँ धार र दर्शकले रुचाउने फिल्म बनाउन लागेको हुँ ।’
‘हाई डार्लिङ’ मा नयाँ पुराना कलाकार हुनेछन् । जसको छनोट कार्य भइरहेको सबिनले बताए । यसका निर्माताहरु राजेश बिसुराल, टंक पौडेल रहेका छन् भने अन्य फाइनल भएको छैन । यो चलचित्रलाई चेतराजा सिहले नर्देशन गर्ने बताइएको छ ।

Comments