उज्यालो उत्सवमा कलाकारसँगै रमाए दर्शक
screennepal
प्रकाशित: २०७३, २३ फाल्गुन सोमबार
no img

काठमाडौं, २३ फागनु । सामाजिक सेवाका लागि चर्चित कलाकारहरु राजधानीमा प्रस्तुत भएका छन् । राजधानीमा आयोजित एक सांगीतिक कार्यक्रममा प्रस्तुत भई दर्जनभन्दा बढी कलाकारले भरपूर मनोरञ्जन प्रदन गरे ।

IMG_1001

लायन्स क्लब अफ काठमाडौं टेम्पलले अँध्यारोबाट उज्यालोतिर भन्दै दृष्टीबिहीन बालबालिकाका लागि भवन निर्माणार्थ आयोजना गरेको उज्यालो उत्सव २०७३ नामक कार्यक्रममा देशका ख्यातिप्राप्त कलाकारहरुले गीत संगीत, नृत्य तथा हास्यव्यग्य प्रस्तुतिमार्पmत मनोरञ्जन बाँडेका हुन् ।
भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रम लायन्सहरुको औपचारिक कार्यक्रपछि मनोरञ्जनात्मक कार्यक्रममा परिणत भएको थियो। सुरसुधाको गायन प्रस्तुति र जुगलबन्दीबाट शुरु भएको मनोरञ्जनात्मक कार्यक्रम चर्चित हास्य अभिनेता जितु नेपालले सञ्चालन गरेका थिए। अभिनेता नेपालले विभिन्न विषयमा हासोका साथ व्यग्य प्रस्तुत गर्दै कार्यक्रमलाई अगाडि बढाएका थिए ।

IMG_0877
कार्यक्रममा पशुपति शर्मा, रमेशराज भट्टराई, मौसम गुरुङ, जीवन परियार, देविका वन्दना, सुनिता गुरुङलगायतका गायकगायिकाले आप्mना लोकप्रियत गीहरु सुनाएर सांगितीक मनोरञ्जन प्रदान गरेका थिए ।
त्यसैगरी बालगायिका सिताषा थापाले पनि गीत प्रस्तुत गरेकी थिइन्। त्यसअघि उनको गिती अडियो एलबम लौ न बाबाको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ का मल्टीपल काउन्सिल चियर पर्सन सुनिलभत्तल श्रेष्ठले विमोचन गरेका थिए । कार्यक्रममा सबैभन्दा बढी मनोरञ्जन गायक राजेशपायल राईले गराए । उनले दर्शकको हुटिङ र मागका कारण लगातार ४ गीत प्रस्तुत गरे। अर्को आकर्षण बनेका थिए कलाकार तथा हास्य कवि शैलेन्द्र सिंखडा । उनले व्यग्य कविता वाचन गरिरहँदा हलमा लगातार तालिको फोहोरा छुटिरहेको थियो।

IMG_0951

ज्योति काप्mले (नक्कली बाबुराम) र विपना बस्नेत (नक्कली हिसिया यमीले एकै मञ्चमा केपी ओली र हिसीला यमी बनेर राजनैतिक विषयका प्रहसन गरी दर्शकलाई मनोरञ्जन प्रदान गरे भने नायिका रीश्ता बस्नेतले विभिन्न गीतमा नृत्य गरी रोमाञ्चित बनाइन् । मेनका लामाको कथ्थक नृत्य, दिपेन्द्र तिमल्सिना, सुनिता गुरुङ, हेरुका लामा, विकास फिरोजलगायतका कलाकारको सामूहिक नृत्यले पनि दर्शकलाई मोहित तुल्याउन सफल भयो।
कार्यक्रममा क्लबका अध्यक्ष अरुणकुमार श्रेष्ठले दृष्टीबिहीन बालबालिकाको सहज जीवनयापनका लागि सांगितीक कार्यक्रम गरेर भवन निर्माण गर्न सो कार्यक्रम आयोजना गरिएको बताए। उनले आपैmँ सांगामा ३ रोपनी जग्गा उपलब्ध गराई आप्mनो संस्थामार्पmत सांगितीक कार्यक्रम आयोजना गरेर त्यसमार्पmत हुने आय आर्जनबाट उनीहरुका लागि भवन निर्माण गर्न लागेको खुलाए। त्यसै गरी क्लबका सचिव तथा कार्यक्रमका संयोजक सुदर्शन महर्जनले दृष्टी गुमाएकै कारण अंध्यारो जीवन जिउन बाध्य बालबिालकालाई शिक्षा र आवास प्रदान गरी उज्यालोतर्पm डोहो¥याउन कार्यक्रम आयोजना गरिएको बताए। कार्यक्रममा मिस नेपाल २०१३ की मिस पर्सनालिटी समीक्षा श्रेष्ठलाई सद्भावना दुत घोषणा गरिएको थियो।

Comments