एरिना म्युजिक भिडियो अवार्ड : मिलन र रामकृष्ण उत्कृष्ट
screennepal
प्रकाशित: २०७३, ९ फाल्गुन सोमबार
no img

IMG_3536

इटहरी, ९ फागुन । पुर्वाञ्चलमा पहिलोपटक आयोजना भएको ‘रमपम एरिना म्युजिक भिडियो अवार्ड–२०७३’ मा एलपी जोशीलाई लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट सम्मान गरिएको छ । कार्यक्रममा गायन आधुनिक विधातर्फको गायक रामकृष्ण ढकाल ‘धारिलो रहेछ माया’ गीतबाट उत्कृष्ट ठहरिए भने आधुनिक पप महिला गायनतर्फको अवार्ड मिलन अमात्यले अवार्ड पाइन् ।

IMG_3409 (1)
उत्कृष्ट निर्देशकको अवार्ड भने बिभोर पोख्रेलले जितेका छन् । त्यसैगरि बसन्त सापकोटाले उत्कृष्ट संगीतकार आधुनिक विधाबाट अवार्ड हासिल गरिरहँदा नवगायकको अवार्ड रबि मल्लले हासिल गरेका छन् ।

IMG_3546
एरिना टेलिभिजनका प्रबन्ध निर्देशक तथा कार्यक्रमका अध्यक्ष समिर कार्कीको संयोजकत्वमा आयोजना गरिएको अवार्ड कार्यक्रममा उत्कृष्ट छायाँकारको अवार्ड ‘नभेटी नभेटी’ गीतबाट हरि हुमागाईलाई प्रदान गरिएको थियो । टेकेन्द्र शाहले उत्कृष्ट सम्पादक र अन्जु गौतमले पुर्वेली लोकगीतबाट अवार्ड हासिल गरेकि छन् । उत्कृष्ट पुरुष मोडलको अवार्ड भने पल शाहले आफनो पोल्टामा पार्न सफल भए भने महिला मोडलतर्फ सुप्रिय कटुवालले अवार्ड उचालेकी छन् ।
पप गायकतर्फ विजय लामाले “रिन काटी रुमाल“ गीतबाट अवार्ड जितेका छन् भने महिलातर्फ उत्कृष्ट पप गायनमा प्राश्ना शाक्यले अवार्ड जितिन् । उत्कृष्ट म्युजिक भिडियोतर्फको विधामा नितिन थापाले र उत्कृष्ट गीतकारको अवार्ड भरत बाबु के.सीले हासिल गरेका छन् ।
कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष रहेका समिर कार्किले कार्यक्रम भव्य र सभ्य रुपमा सफल भएको घोषण गरेका छन् । पुर्वाञ्चलमै पहिलोपटक रमपम एरिना म्युजिक भिडियो अवार्ड २०७३ गर्न सफल भएको भन्दै उनले अगामी दिनमा यस्ता कार्यक्रमहरु आयोजन गर्दै जाने पनि बताएका छन् ।

Comments