‘लिटिल स्टार–२०१७’मा ७० छानिए
screennepal
प्रकाशित: २०७३, २ फाल्गुन सोमबार
no img

New Image

काठमाडौं , २ फागुन । ‘लिटिल स्टार–२०१७’ को प्रारम्भिक चरणको अडिसन शनिबार राजधानी भएको छ । सो अडिसनमा ९० भन्दा बढी बालबालिकाको सहभागिता थियो । जसमध्ये ७० प्रतियोगी अन्तिम स्पर्धाका लागि छनोटमा परेका छन् । अभिनेता गौरव पहाडी, यसराज गहतराज, मोडल दिक्पाल कार्की, कोरियोग्राफर सुनिता राजभण्डारीलगायतल निर्णायक रहेको यो प्रतियोगिता एनोवेसन इवेन्ट म्यानेजमेन्ट आयोजना र सोविज मिडिया ग्रुपको सहकार्य हुँदै गरेको हो ।
बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई सुनौलो भबिस्य निर्माणमा अग्रसर रहन मार्गनिर्देशन गर्ने उद्देश्य कार्यक्रम सुरु गरेको आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्ट अध्यक्ष महेश केसीले बताए ।
प्रतियोगीतामा ७ देखि १४ बर्षसम्मका बालबालीकाको सहभागीता रहेको छ । प्रारम्भिक चरणमा छानिएका प्रतियोगीलाई आगामी चैत्र १९ गतेबाट बिभिन्न प्रशिक्षणमा सहभागी गराइने छ ।
विभिन्न २० उपशिर्षकमा बिजेता छानिने प्रतियोगीताको फाइनल बैशाख पहिलो साता हुने जनाइएको छ ।

Comments