‘भ्यालेनटाइन डे’ का लागि विभिन्न डिजाइनरका ‘फेसन सिक्रेट’
screennepal
प्रकाशित: २०७३, ५ माघ बुधबार
no img

3

काठमाडौं, ५ माघ । पाँच जना उदाउँदै गरेका फेसन डिजाइनरहरु, आठ विभिन्न चरणमा उनीहरुले सिर्जना गर्ने विविध आकर्षक एवं सुन्दर डिजाइनका पहिरनले एउटै मञ्चमा आफ्नो प्रस्तुति पाउने भएको छ । । कार्यक्रम हो, ‘फेसन सिक्रेट’ । सो फेसन कार्यक्रममा रिया महर्जन, उत्कृष्ट खड्का, वंशी खड्का, अनिता लोहनी र सावना बेगमद्वारा डिजाइन गरिएका पहिरन प्रस्तुति हुनेछ ।

New Image
आगामी १४ फेबु्रअरी अर्थात् भ्यालेन्टाइन डेमा त्रिपुरेश्वरस्थित मुड्स लाउन्जमा यो प्रस्तुतिले आफ्नो यात्रा तय गर्नेछ । फेसन डिजाइनर काउन्सिल अफ नेपालको सहकार्यमा नेपाल इन्स्टिच्युट अफ फेसन, नीफले आयोजना गर्ने यो फेसन कार्यक्रमका लागि हालै राजधानीमा मोडल अडिसन संचालन भएको छ ।

2
अडिसनमा कार्यक्रममा सहभागि हुन आकांक्षी महिला पुरुष गरी सय भन्दा बढी जनाले सहभागिता जनाएका थिए । उनीहरुको व्यक्तित्व, ¥याम्प वाक, आत्मविश्वास र प्रस्तुतिलाई विचार गरी उनीहरुमध्येबाट करिब तीन दर्जन मोडलहरु चयन गरिएका छन् । अडिसन राउन्डमा फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्य, मोडल दिपक घिमिरे, अभिनेता एवं मोडल निर्जन थापा, मिस पिंक एनी लामा, मोडल प्रितम कारन्जीत र कोरियोग्राफर प्रमोद वंशल निर्णायकका रुपमा रहेका थिए ।

1
आयोजक संस्थाका अमित झाका अनुसार नवप्रवेशी एवं संभावना बोकेका फेसन डिजाइनहरुलाई आफ्नो सृजना प्रदर्शन गर्ने मंच प्रदान गर्ने हेतुका साथै फेसन क्षेत्रलाई व्यवसायिक रुपमा विस्तारित गर्ने टेवा प्राप्त होस् भन्ने उद्देश्य सहित यो कार्यक्रमलाई आयोजना गर्न लागिएको हो । फेसन शोका अलावा कार्यक्रममा चिरपरिचित संगीतकर्मीहरुको गायन प्रस्तुति पनि यो कार्यक्रमको महत्वपूर्ण पक्ष रहनेछ ।

Comments