बसन्त पञ्चमीमा राष्ट्रिय कलाकारले जितपुर थर्काउँदै
screennepal
प्रकाशित: २०७३, ३ माघ सोमबार
no img

काठमाडौं, ३ माघ । यो बसन्त पञ्चमीमा धनकुटाको जितपुर राष्ट्रिय कलाकारले थर्काउने भएका छन् । जितपरको अर्खौलेस्थित बसन्त पञ्चमीमा यही माघ १४ देखि १९ गतेसम्म मेला लाग्दैछ, जहाँ ख्यातीप्राप्त कलाकारहरुले आफ्नो प्रस्तुती दिने भएका छन् ।

jitpur

जितपुर बजार

जितपुर बजार व्यवस्थापन समितिले जनाएका अनुसार मेलामा भर्सटायल गायक राजेशपायल राई, तुलसी पराजुली, हाँस्य कलाकार नारद खतिवडा, गीतकार तथा गायक विनोद खम्बु, राम रेप्चुङ राई, राकेश किराती, गायिका अमृता लिम्बुलगायतका कलाकारले मेलामा आफ्नो प्रस्तुती दिने भएका छन् ।
साथै, मेलामा स्थानीय कलाकारको पनि प्रस्तुती रहने भएको छ  । सांगीतिक कार्यक्रमसँगै विभिन्न खेलकुद आयोजना गरेर मेलाई भव्य बनाउने योजना रहेको मेलाका संयोजक कुसम तुम्बाले बताए । उनले मेलाको सम्पूर्ण तयारी भइसकेको पनि जनाए ।

Comments