यस कारण फुरुंग छन् सुबेदी, चलचित्रकर्मी झनै खुसी !
screennepal
प्रकाशित: २०७३, २ माघ आईतवार
no img

काठमाडौं, २ पुस । केही समययता पत्ररकार रामबहादुर सुवेदी ‘आरके’ले नेपाली चलचित्रको प्रमोशनमा लागि परेका छन् । फुटवल र अवार्ड जस्ता काम गरेर कलाकार र नेपाली चलचित्रलाई विश्वसामु चिनाउने अभियानमा रहेका सुबेदीले आम चलचित्रकर्मी तथा नेपालीलाई एउटा खुसी दिएका छन् । त्यो खुसी हो विश्वकै सर्वाधिक उचाईमा पहिलोपटक फिल्म अवार्ड गरेर उनले गिनिज बुकमा रेकर्ड राख्न सफल भएका छन् । जसका कारण यतिबेला चलचित्रकर्मीमा खुसी छाएको छ ।

rk 2
गिनिज बुकले ४ हजार ६ सय २७ मिटर उचाईमा फिल्म अवार्ड गरेको भन्दै सुवेदीको नाम दर्ता गरेको हो । गिनिज वल्र्ड रेकर्डस्ले सन् २०१६ नोभेम्बर २८ मा ‘हाइएस्ट अल्टिच्यूट एवार्ड सेरोमनी अन ल्याण्ड’ भनेर आफ्नो रेकर्डमा उल्लेख गरेको छ ।
२०६६ देखि राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड आयोजना गर्दै आएका सुवेदीले गत मंसिरमा सगरमाथाको आधार शिविरमा सातौं संस्करणको अवार्ड आयोजना गरेका थिए । उक्त अवार्ड कार्यक्रममा राजधानीबाट चलचित्र निर्माता, निर्देशक, हल व्यवसायी, वितरक, कलाकार र पत्रकारको जम्बो टोली लुक्ला विमानस्थल हुँदै बेश क्याम्प पुगेको थियो । दैनिक १२ घण्टाको दरले हिडेर ९ दिनका दिन उक्त अवार्ड आयोजना भएको हो । अवार्ड समारोहमा नायकबाट चलचित्र गाजलुका नायक सलोन बस्नेतले उपाधि हात पारेका थिए भने चलचित्र रेलीमाईबाट नायिका पूर्णिमा लामाले अवार्ड उचालेकी हुन् ।

rk
यसैगरी सर्वोत्कृष्ट निर्देशकमा चलचित्र लुटेराबाट निर्देशक दयाराम दाहालले अवार्ड प्राप्त गरेका थिए । आधा दर्जन चलचित्रकर्मीहरुलाई उक्त दुर्लभ स्थानमा अवार्ड सेरोमनीझैँ अवार्ड प्रदान गरेर बक्स अफिस फिल्मी क्लबको आयोजनामा राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डको नामसहित गिनिज वल्र्ड रेकर्डले दर्ता गरेको छ ।
गिनिज बुकले आफ्नो अनलाईन साइडमा उक्त नाम दर्ता गरेपछि चलचित्र उद्यमीहरु हर्षित भएका छन् । बरिष्ठ नायक भुवन केसीले आफ्नो फेसबुक स्टाटसबाटै नेपाली चलचित्रको मात्र गर्वको विषय नभइ सिंगो नेपालीहरुको रेकर्डको रुपमा आफूले लिएको बताएका छन् । त्यसैगरी चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले पनि आयोजनकलाई बधाई ज्ञापन गर्दै आफ्नो कार्याकालमा उक्त ऐतिहासिक उपलब्धि नेपाली चलचित्र क्षेत्रले मात्र नभई देशले नै पाएकोमा गर्ब लागेको बताएका छन् ।

rk1
त्यसैगरी अहिले बेल्जियम घुमघाममा रमाएका पुराना नायक शिव श्रेष्ठले नेपाली चलचित्रले उक्त स्थान हासिल गरकोमा अवार्ड अध्यक्ष सुवेदीलाई वान मेन आर्मीको रुपमा रहिरहन हौसला प्रदान गरेका छन् । अभिनेता राजेश हमालले इन्डष्ट्री सानो भए पनि प्रतिभावान व्यक्तिहरु धेरै भएकोले आफूलाई नेपाली चलचित्रप्रति गर्व लागेको बताए । यस कीर्तिमानीले सिंगो चलचित्र क्षेत्रको विश्व बजारमा इज्जत रहने औंल्याएका छन् ।

rk 3
नायक शुसील क्षेत्रीले उक्त कीर्तिमानीले आफूलाई हर्ष लागेको र हरेक बुबा आमा दाजुभाइले गर्बका साथ लिनुपर्ने कुरा बताएका छन् । अवार्ड विजेत शोभित बस्नेतले यस्ता समाचारहरुलाई मिडियाले साथ दिनुपर्ने र यस्ता दुर्लभ उपलब्धिहरु सधैँ बाजा बजाएर नआउने भएकोले सम्पूर्ण चलचित्रकर्मीहरुले प्रचारप्रसार गर्न समेत अनुरोध गरेका छन् ।
नेपाली चलचित्र क्षेत्रका ख्यातिप्राप्त पुराना तथा नयाँ नायक नायिकाहरुले पनि गिनिज वल्र्ड रेकर्डमा नेपाली चलचित्र अवार्डको नाम दर्ता गराउन सफल भएकोमा बक्स अफिस फिल्मी क्लब नेपालको तारिफ गरेका छन् । उनीहरुले उक्त कीर्तिमानीले सम्पूर्ण चलचित्रकर्मीहरुको शिर सधैँ उच्च राखेको आफ्नो फेसबुक वालमा प्रतिक्रिया दिएका छन् ।
यता आयोजकका अध्यक्ष सुवेदीले गिनिज बुकमै नाम लेखाउनका लागि सगरमाथाको आधार शिविरमा अवार्ड नगरेका बताए । विगत झण्डै दुई दशकदेखि चलचित्र पत्रकारिताको अनुभवले चलचित्रकर्मीको अनवरत रुपमा लागिपरेका कलाकर्मीहरुको लागि र उनीहरुको कामको मुल्यांकन र सम्मान उचित तवरले नभएको कारण जनाउँदै आफूले विभिन्न ठाउँमा यस्ता दुर्लभ अवार्ड आयोजना गरेको उनले बताए ।
अवार्ड त यहाँ अनगिन्ति हुन्छन् त्यस्ता अवार्डहरुले नेपाली चलचित्रको खासै उपलब्धि र रक्षा गर्ने नभएको र आयोजक मात्र मोटाउने, चलचित्रकर्मीहरुमा वितृष्णा मात्र जाग्ने भएको कारण यसभन्दा अगाडि पनि उनले पहिलोपटक नेपाली फिल्मको अवार्ड विदेशी भूमि दुबईमा गरेका हुन् ।
यो अवार्ड २०६७ सालमा दुबईको आबुधावीमा सम्पन्न भएको थियो । सोही समयमा नेपाली चलचित्रको बजार प्रवद्र्धनका लागि दुबईको सारजाहा रंगशालामा राष्ट्रिय कलाकार भर्सेन कलाकारहरुको मन्त्रीपूर्ण फुटबल आयोजना भएको हो । दुबई भन्दा अगाडि नेपालको एक मात्र राष्ट्रिय स्टेडियम रंगशालमा २०६६ सालमा राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड समारोह सम्पन्न भएको थियो । उक्त अवार्डमा तत्कालीन गृहमन्त्री तथा उ्रपप्रधानमन्त्री कृष्णबहादुर महराले झण्डै चार दर्जन चलचित्रकर्मीहरुलाई नेशनल स्टेडियममा फिल्म फेयर अवार्ड वितरण गरका थिए । त्यसपछि राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डले विदेश हुँदै हायात होटेलमा अवार्ड सञ्चालन गरे ।
पाँचौ बक्स अफिस फिल्म फेयर अवार्ड थाइल्याण्डको पतैया ब्रिजको समुद्रमाथि गरेका थिए । त्यतिमात्र नभएर समुद्रमुनि पनि चार दर्जन चलचित्र उद्यमीहरुलाई अवार्ड प्रदान गरेर ऐतिहासिक काम गरिसकेका छन् । छैटौं संस्करणको अवार्ड भने उडिरहेको इन्टरनेशनल प्लेनमा झण्डै ८० जना चलचित्रकर्मीलाई सम्मानसँगै अवार्ड वितरण सम्पन्न गरेका छन् ।
सधैँ फरक शैली, ढंग र स्थानमा अवार्ड गर्ने क्रममा आफ्नो देशकोमात्र नभई विश्वकै शानको रुपमा स्थापित सगरमाथाको आधार शिविरमा किन नगर्ने हाम्रो फिल्म अवार्ड भन्ने उद्देश्यका साथ राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा गरेको दाबी गर्छन् । यही अवार्डलाई गिनिज बुकले आफ्नो रेकर्डको रुपमा राखेको छ ।
गिनिज बुकले अचानक नाम लेखेपछि अहिले राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्डका आयोजक तथा संस्थापक अध्यक्ष पत्रकार सुवेदी खुशीले फुरुंग छन् ।

Comments