‘१४ फ्रेबुअरी’ मा दर्पण–सम्झनाको जोडी !
screennepal
प्रकाशित: २०७३, २९ पुष शुक्रबार
no img

काठमाडौं, २९ पुस । १४ फ्रेबुअरी अर्थात् युवाहरुको चासोको प्रेम दिवश । विश्वकै तन्नेरीहरुका लागि चर्चित दिन ‘भ्यालेनटाइन–डे’ । यो दिन आउन अब एक महिना पुरै छ । तर, यो दिनलाई कसरी विशेष बनाउने भनेर युवाहरुले योजना बनाउन थालेका छन् । प्रेमी तथा प्रेमिका नहुनेका लागि मात्र नभएर पछिल्लो समय विवाहित जोडीले समेत ‘भ्यालेनटाइन–डे’ लाई विशेष बनाउन थालेको वर्तमान अवस्थामा सेलिब्रेटीमा पनि यो टे«न्ड चल्न थालेको छ । यहाँ अहिले ‘भ्यालेनटाइन–डे’ कै लागि फोटोसुट तथा भिडियोसुट हुन थालेको छ ।

darpan
यस्तै, यसपटकको ‘भ्यालेनटाइन–डे’ लाई लक्षित गर्दै गीतकार तथा मोडल दर्पण राईले एक आवाजविहिन फिल्म बनाएका छन् । उनको फिल्मको नामै रहेको छ, ‘१४ फ्रेबुअरी’ । अहिले ‘१४ फ्रेबुअरी’ कै सम्पादन तथा ध्वनी मिक्सिङमा व्यस्त रहेका दर्पणले भने, ‘यो फिल्म मैले ‘भ्यालेनटाइन–डे’ लाई लक्षित गरेको बनाएको हुँ । यो फिल्म यही महिनामै रिलिज गर्दैछु ।’
फिल्ममा दर्पणकै कथा तथा निर्देशन रहेको छ । फिल्म ‘१४ फ्रेबुअरी’ मा दर्पण र सम्झना राई अभिनय गरेका छन् । फिल्ममा भावनात्मक तथा मर्मस्पर्शी प्रेमकथा उनिएको दावी दर्पणले गरेका छन् । ‘साँचो माया केहो भन्ने ‘१४ फ्रेबुअरी’ उठाएको छ’ उनले भने, ‘यो फिल्मले प्रेममा रहेका प्रेमिल जोडीहरुलाई मनोरञ्जनसँगै प्रेमको पाठ समेत सिकाउने दर्पणको दावी छ । फिल्ममा ध्वनी विनय केटुको रहेको छ ।

Comments