‘शिरफूल’ युनिटलाई राजधानीमा सम्मान
screennepal
प्रकाशित: २०७३, २९ पुष शुक्रबार
no img

0V4B0968

काठमाडौं, २९ पुस । चलचित्र ‘शिरफूल’ को युनिट नै राजधानीमा सम्मानीत भएका छन् । धार्चे मनास्लुले राजधानीमा एक कार्यक्रमबीच चलचित्रका कलाकार, निर्देशक र निर्मातालाई सम्मान गरेको हो । चलचित्र ‘शिरफूल’ को निर्देशन कमल एक्चै मगरले गरेका हुन् । यो चलचित्र हिजोआज धमाधम सम्पादन भइरहेको छ । यसैबेला मनास्लुले चलचित्र निार्माण युनिट तथा कलाकारलाई ‘धार्चे मनास्लु सम्मान तथा बृहत्त सांस्कृतिक कार्यक्रम गरी सम्मान प्रदान गरेको हो ।

0V4B0985
पर्फमिङ आर्ट क्रियशन र मगर्स क्रियशन प्रालिको संयुक्त प्रस्तुतीमा निर्माण भएको ‘शिरफूल’को निर्माण आर्शीवाद पुनले गरेका हुन् ।

0V4B1107
चलचित्रमा विनिता मगर, राज थापा, रुपा राना, देव आलेमगर, पुजा गदल, नीता पुन, नमिता तामाङ, विना थापा, लिला गुरुङ, राजु योगिन, सुनिल मगरलगायतको मुख्य अभिनय रहेको छ भने हरि लम्सालको संगीत, डिपी खानाल र सन्दीप थापाको गीत रहेको छ । निरोज श्रेष्ठले खिचेको यस चलचित्रलाई काठमाडौंका आलावा तनहुँ, पोखरा र सोलुखुम्बुको विभिन्न स्थानमा छायांकन गरिएको छ । चलचित्रमा आधुनिकताको बढ्दो प्रभाव समाजमा देखिएको विकृतिलाई मुख्य विषयवस्तु बनाइएको बताइएको छ ।

Comments