गल्फुटारमा ब्युटिसियन सुन्दरी गौराको ब्युटि क्लव
screennepal
प्रकाशित: २०७३, १५ पुष शुक्रबार
no img

काठमाडौं, १५ पुस । ‘ब्युटिसियन सुन्दरी’ गौरा राईले राजधानीको गल्फुटार चोकमा ब्युटि क्लव सञ्चालनमा ल्याएकी छन् । सन् २०१५ मा ‘ब्युटिसियन सुन्दरी’ उपाधि पाएकी गौराले ‘ब्युटि वल्र्ड क्लव एण्ड ट्रेनिङ सेन्टर’ शुक्रबार (आज) बाट सञ्चालनमा ल्याएकी हुन् । सो ब्युटि क्लवको मोडल तथा चर्चित आरजे कला सुब्बा, ब्युटिसियन हेमानी सुब्बा, मिसेस नेपाल सोनम राईलगायतले रिवन काटेर उद्घाटन गरे ।

376a2882
ब्युटि क्लवको उद्घाटनपछि ब्युटिसियन गौराले भनिन्, ‘स्तरिय र गुणास्तरिय सेवा दिने उद्देश्यले यो क्लव सञ्चालनमा ल्याएकी हुँ ।’ उनले आफ्नो ब्युटि क्लव पुरुषका लागि पनि भएको बताइन् । हेयर कटिङ, कलरिङलगायतका सेवा सो क्लवमा पुरुषले पनि पाउनेछन् ।

376a2896
यसअघि बानेश्वरमा पार्लर सञ्चालन गरेर ब्युटिसियन सम्बन्धी दख्खल हासिल गरेकी गौराले आफ्नो ब्युटि क्लवमा अरुको भन्दा सस्तोमा गुणास्तरिय सेवा प्रदान गर्ने लक्ष्य लिएकी छन् । ब्युटि केयर र ब्युटि टिप्सबाहेक क्लवमा ट्रेनिङसमेत दिइने गौराले बताइन् ।
गल्फुटार चोकमै रहेको यस उक्त ब्युटि क्लवमा ब्युटि, फेसियल, मेकअप, क्लिजिङ, हेयर र ब्लेथजस्ता सौन्दर्यसम्बन्धी सबै किसिमका सेवाको सुविधा छ ।

Comments