ममतालाई भ्याइनभ्याई !
screennepal
प्रकाशित: २०७३, २० मंसिर सोमबार
no img

mamata3

काठमाडौं, २० मंसिर । केही नेपाली चलचित्रमा काम गरिसकेकी ममता शर्मा यतिबेला बलिउडमा छाउन थालेकी छन् । हिन्दी चलचित्र ‘द पावर’ बाट बलिउड नगरीमा प्रवेश गरेकी ममता शर्मा कामको चापले डेट मिलाउन समेत हम्मेहम्मे हुन थालेको बताउँछिन् । दुईवटा नेपाली चलचित्रमा काम गरेकी भएपनि ती प्रदर्शनमा आउन सकिरहेको छैन ।
केही समय पहिले नेपाल आएका बेला उनले लोकप्रिय गायक राजेशपायल राईको चर्चित गीत लाखौं जमनाको म्युजिक भिडियोमा मोडलिङ गरेकी थिइन् । जुन म्युजिक भिडियो यतिबेला यु–ट्युवमा पनि हेर्न सकिन्छ । युवराज वाईबाको निर्देशन रहेको सो म्यूजिक भिडियोमा ममतालाई माडेल योजराज पाण्डेले साथ दिएका छन् । दिल्ली, गुणगाउँ बस्दै आएकी ममता शर्मा स्थानीयस्तरमा निर्माण हुने प्राय सबैजसो म्युजिक भिडियोमा देखिने गर्छिन् । तर, उनको चाहना भने फिल्ममा छ ।

mamata

Comments