कामना फिल्म अवार्ड–२०७३ : लक्ष्मीनाथ–प्रदीपलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
screennepal
प्रकाशित: २०७३, १९ मंसिर आईतवार
no img

काठमाडौं, २९ मंसिर । ‘लक्स कामना फिल्म अवार्ड–२०७३’ मा ‘पशुपतिप्रसाद’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । यहि चलचित्रबाट दीपेन्द्र के खनाल उत्कृष्ट निर्देशकको अवार्ड चुम्न सफल भए । शनिबार राजधानीमा आयोजित दोश्रो संस्करणको यस अवार्ड ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’द्वारा प्राविधिक प्रदिप उपाध्याय र निर्देशक लक्ष्मीनाथ शर्मालाई सम्मान गरिएको छ ।

rajesh-payal-rai-kamana
यो बर्षको सबै अवार्ड जितेकी नम्रता श्रेष्ठ कामना अवार्डमा पनि उत्कृष्ट नायिका ठहरिन् । उनले चलचित्र ‘क्लासिक’बाट अवार्ड प्राप्त गरेकी हुन् । अधिकांश अवार्डमा नायक दयाहाङ राई र आर्यन सिग्देलविच टक्कर देखिएपनि यो अवार्डको उत्कृष्ट नायकतर्फ भने चलचित्र ‘फन्को’बाट सौगात मल्लले अवार्ड हात पारेका छन् ।
उत्कृष्ट सहअभिनेताको अवार्ड चलचित्र ‘प्रेमगीत’बाट सरोज खनालले प्राप्त गर्दा नायिका प्रियंका कार्कीले उत्कृष्ट सहअभिनेत्रीको अवार्ड चलचित्र ‘क्लासिक’बाट प्राप्त गरिन् ।
नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहले चलचित्र ‘ड्रिम्स’बाट उत्कृष्ट नव(नायिकाको अवार्ड हात पारिन् । पल शाहले चलचित्र ‘नाई नभन्नु ल ४’बाट उत्कृष्ट नव(नायकको अवार्ड जिते । यस्तै, उत्कृष्ट कथातर्फ चलचित्र ‘पशुपति प्रसाद’बाट दीपेन्द्र के खनालले अवार्ड जित्दा, यहि चलचित्रबाट उत्कृष्ट पटकथामा खगेन्द्र लामिछानेले अवार्ड हात पारे । उत्कृष्ट संवादको विधामा भने चलचित्र ‘कबड्डी कबड्डी’बाट उपेन्द्र सुब्बा र रामबाबु गुरुङले अवार्ड जिते ।

namrata-shrestha-award
यस्तै, उत्कृष्ट संगीतमा चलचित्र ‘प्रेमगीत’बाट अर्जुन पोख्रेल, उत्कृष्ट गीतमा ‘प्रेमगीत’बाटै डाक्टर कृष्णहरि बराल, उत्कृष्ट पाश्र्व गायकमा ‘प्रेमगीत’बाट सुगम पोख्रेल र उत्कृष्ट पाश्र्व गायिकामा पनि ‘प्रेमगीत’बाटै अन्जु पन्तले अवार्ड हात पारेका छन् । संगीत विधामा ‘प्रेमगीत’को वर्चस्व रहन पुग्यो ।
चलचित्र ‘ड्रिम्स’बाट भूवन केसीले नव(निर्देशकको अवार्ड जित्दा, ‘बागमती’ चलचित्रबाट कञ्चन ठकुरीले ‘बाल कलाकार’को अवार्ड जितिन् । चलचित्र ‘पशुपति प्रसाद’बाट कलाकार विपिन कार्कीले उत्कृष्ट खलपात्रको अवार्ड भित्राए । यस्तै, चलचित्र ‘अधकट्टी’बाट विल्सन विक्रम राइले उत्कृष्ट हाँस्य कलाकारको अवार्ड जिते ।

saroj-khanal-kamana-1
उत्कृष्ट कोरियोग्राफीमा कविराज गहतराजले चलचित्र ‘ड्रिम्स’बाट अवार्ड जित्दा सुरेन्द्र पौडेलले चलचित्र ‘क्लासिक’बाट उत्कृष्ट सम्पादकको अवार्ड हात पारेका छन् ।
उत्कृष्ट ब्याकग्राउन्ड स्कोरको विधामा शैलेस श्रेष्ठ(ड्रिम्स), उत्कृष्ट द्धन्द्ध निर्देशकको विधामा हिमाल केसी(भैरव), उत्कृष्ट साउण्ड विधामा अनिस श्रेष्ठ(क्लासिक), उत्कृष्ट श्रृङ्गार विधामा निमा लामाले अवार्ड हात पारेका छन् ।कबचयव(पजबलब(िपबmबलब कगदबकज(नष्चष्(पबmबलब कगचभलमचब(उबगमभ(िपबmबलब
यस्तै, जुरी अवार्ड भने निर्देशक उज्ज्वल घिमिरे र चलचित्र ‘कबड्डी कबड्डी’लाई प्रदान गरियो । अन्य विधाहरुमा गायक राजेशपायल राइले क्रिटिक्स(म्यूजिक) अन्र्तगत अवार्ड पाए भने क्रिटिक्स(थिएटर) तर्फको अवार्ड सरिता गिरी र क्रिटिक्स (फेशन)तर्फको अवार्ड प्रशान्त ताम्राकारलाई प्रदान गरियो ।
अवार्डमा विभिन्न नृत्य प्रस्तुतीले मनोरञ्जन दिने कोशिश गरिएको थियो । प्राविधिक पाटो कमजोर र मनोरञ्जनका खुराक कम हुँदा पहिलो संकरण भन्दा दोश्रो संकरणमा कामना अवार्ड केहि फितलो देखिएको छ ।मबलअभ(ष्ल(पबmबल लबmचबतब(मबलअभ(ष्ल(पबmबलब
कार्यक्रममा नायक भूवन केसी, नायिकाहरु करिश्मा मानन्धर, नम्रता श्रेष्ठ, केकी अधिकारी, पूजा शर्मा, साम्राज्ञीराज्य लक्ष्मी शाह लगायत पुगेका थिए ।  तस्बिर अनलाइन खबरबाट साभार

Comments