विवाहित र अविवाहित महिला अब एकै स्टेज !
screennepal
प्रकाशित: २०७३, ८ मंसिर बुधबार
no img

काठमाडौं, ८ मंसिर । युवती र बिबाहित महिलाभित्र अन्र्ततिनहित प्रतिभा प्रष्फुटन तथा उनीहरुको आत्मविश्वास र व्यक्तित्व विकासका लागि एकसाथ २ प्रतियोगिता हुने भएको छ । मेकअप आर्टिष्ट राज (टेकराज) पाण्डेको संस्था दक्ष इन्टरनेशनल प्रालिले अविवाहित र विबाहित महिलाहरुबिच एकै मञ्चमा ‘मिस व्युटिफुल नेपाल–२०७३’ र ‘मिसेज व्युटिफुल नेपाल–२०७३’ आयोजना गर्न लागेको हो ।

miss-beautiful
महिलाहरुको व्यक्तित्व र आत्मविश्वास बृद्धीका लागि दोस्रो संस्करणस्वरुप प्रतियोगिता आयोजना गरिन लागेको दक्ष इन्टरनेशनलका प्रवन्ध निर्देशक पाण्डेले बताए । पाण्डेका अनुसार दुबै प्रतियोगितिा आगामी पुष २७ गते बुधबार एकसाथ एकै मञ्चमा हुनेछ । यसबाट विबाहित र अहिबाहित महिलाले जीवनका विभिन्न पक्षबारे एक–अर्काबाट बुझन सहयोग पुग्ने उनले बताए ।
मिस व्युटिफुल नेपाल २०७३ अन्तर्गत १६ देखि २८ वर्ष सम्मका अविवाहित युवती तथा मिसेज व्युटिफुल नेपाल २०७३ अन्तर्गत १८ देखि ४५ वर्षसम्मका विवाहित महिलाले स्पर्धा गर्नेछन। राष्ट्रिय नाचघर, जमलमा हुने प्रतियोगितमा सामेल महिलाहरुले एक महिना लामो प्रतिभाको विकास,  व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस र समय व्यवस्थापन, स्टेज प्रस्तुति, मोडलिङ्गको ज्ञानलगायतका विषयमा तालिम र प्रशिक्षण पाउने पाण्डेले जानकारी गराए। बबिता श्रेष्ठको संयोजनमा हुने प्रतियोगिता अश्विनी झाको कोरियोग्राफी र सञ्चानलमा सम्पन्न हुनेछ।

Comments