नेपाल्स लिटिल आइकन हुँदै
screennepal
प्रकाशित: २०७३, १० कार्तिक बुधबार
no img

काठमाडौं, १० कार्तिक । विभिन्न वर्गबीच सौन्दर्य र प्रतिभामुलक प्रतियोगिता गर्दै आएको एएनपी मिडिया हाउसले बालबालिका लागि राजधानीमा नेपाल्स लिटिल आइकन–२०१६ नामक प्रतियोगिता आयोजना गर्ने भएको छ ।

photo-1
आयोजक संस्था एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादर कार्कीले राजधानीका विभिन्न विद्यालयमा अध्ययनरत छात्र–छात्राहरुको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका लागि आगामी कार्तिक २७ गते शनिबार नेपाल्स लिटिल आइकन २०१६ आयोजना गर्न लागिएको जनाएको हो । यस कार्यक्रमले विद्यालयस्तरका बालकालिकाको अतिरिक्त क्रियाकलापमा जागरुकताका साथै अन्तिम परीक्षा पछिको बिदा र नयाँ शैक्षिक सत्र सही सदुपयोग गराउने विश्वास कार्कीले व्यक्त गरे। विद्यालयको समय मिलाएर विभिन्न तालिम तथा प्रशिक्षण र ज्ञान प्रदान गरिने भएकाले प्रतियोगिामा सहभागी विद्यार्थीहरुको पढाई र परिक्षामा कुनै बाधा अवरोध नआउने पनि उनले प्रष्ट पारे। एएनपी मिडिया हाउसको पाँचौ संस्करणको  यो कार्यक्रम राष्ट्रिय नाचघर जमलबाट काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ।
शम्भु प्रसाद रेग्मीको संयोजन र सरीता तामाङ्गको इभेन्ट मेनेजमेन्ट रहने प्रतियोगिताको कोरियोग्राफी र कार्यक्रम सञ्चालन अश्विनी झाले गर्नेछन्।  पाल्मु लामा, स्नेहा सिह, सामना सापकोटा, सुस्मीता गोले, इरिस बस्नेत, सम्वृद्धि शाही ठकुरी, सुनिता वाइबा, इस्नभी देवकोटा, आरजु बस्नेत, प्रजिना घिमिरे, आर्य अधिकारी, जेसिका राई, साङ्घे डोमा शेर्पा, निर्जला श्रेष्ठ, आसिका गुरुङ्ग, रसीका सापकोटा, रेवीका गुरुङ्ग, रुस्तना लामा, प्राप्ती चौधरी, अम्बीका बस्नेत, अन्जली तामाङ्ग, चिमो तामाङ्ग, सुभद्रा फुयाल, दिप्ती ढकाल, कृपा घिमिरे, कृसङगी राजभण्डारी,  बिकिता धिताल, देवकी राई, अर्लीन गुरुङ्ग, एसिमा गुरुङ्ग, प्रजिना गरुङ्ग, आर्य सिह, प्रतिष्ठा देवकोटा, काजल श्रेष्ठ, विजेता प्रधान, असिका तामाङ्ग, विकीन नेपाल, युनिस खतिवडा, दावा गुक्पा शेर्पा, गौगात सापकोटा र रिक्की राना गरी कुल ४१ बालबालिकाले स्पर्धा गर्ने प्रतियोगिताअन्र्तगत सहभागी बालबालिकालाई व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि, रिस व्यवस्थापन,  समय व्यवस्थापन, बाल जनचेतना र अधिकार, स्टेज प्रस्तुती तथा मोडलिङ्गबारेको ज्ञान र प्रशिक्षण प्रदान गर्ने आयोजकले जानकारी गराएका छन्।

Comments