लिटिल नेवाः प्रतियोगीले देखाए प्रतिभा
screennepal
प्रकाशित: २०७३, ८ कार्तिक सोमबार
no img

miss-little-newa-2016

काठमाडौं, ८ कार्तिक । ‘मिस लिटिल नेवाः २०१६’ का प्रतिस्र्धीहरु यतिखेर प्रतिभा निखारिरहेका छन् । नेवाः संस्कृति, रहन–सहनलगायत आत्मविकासबारे प्रशिक्षण गरिरहेका प्रतियोगीहरु आ–आफ्नो प्रतिभा देखाए । उनीहरुले ‘मिस ट्यालेन्ट’ राउण्ड अन्र्तगत प्रतिभा देखाएका हुन् । प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, वतृत्वकलालगायतका कला देखाएका थिए ।

miss-little-newa-2016-3
नेप्लीज फेसन होमद्वारा आयोजित यो ‘मिस लिटिल नेवाः’ को १०औं संस्करणमा २७ जना नेवार समुदायका बालिकाहरु अन्तिम स्पर्धामा उत्रिएका छन् ।

miss-little-newa-2016-2
‘ट्यालेन्ट’ राउण्डका लागि ¥यापर तथा समाजसेवी निर्णय श्रेष्ठ, फेसन सिडजाइनर शोभा महर्जन, मिस नेवाः ११३६ की विजेता एञ्जेल श्रेष्ठ, रविन श्रेष्ठ, अधिवक्ता लक्ष्मण महर्जन, मिस लिटिल नेवाः २०१० की विजेता रिम्शा श्रेष्ठलगायत निर्णायक थिए । ‘मिस ट्यालेन्ट’ को नतिजा फाइनलकै दिन घोषणा गरिने आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताइन् । उनका अनुसार प्रतियोगिताको अन्तिम स्पर्धा यही आउँदो २१ गते राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुन्छ ।

Comments