लालटिन बालेर ल्याइयो फस्टलुक (टिजरसहित)
screennepal
प्रकाशित: २०७३, ५ आश्विन बुधबार
no img

laltin-poster

काठमाडौं, ५ असोज । हिजोका दिनसम्म भानुप्रताप भिलेनका रुपमा चिनिन्थे । विभिन्न नेपाली चलचित्रमा खतरनाक भिलेनको भूमिका निर्वाह गरेर आफूलाई खलपात्रमा स्थापित गराएका यिनै भानुप्रताप अब निर्माता बनेका छन् । उनी निर्मित चलचित्र ‘लालटिन’ को फस्टलुक र टिजर सार्वजनिक गरिएको छ । यो चलचित्र आगामी १८ चैत्रमा प्रदर्शनमा आउने भएको छ । राजधानीमा पत्रकार सम्मेलन गरी चलचित्रका मुख्य कलाकारले लालटिन बालेर टिजर, पोस्टर र गीत प्रस्तुत गरिएको हो ।

laltin-audio-bimochan
यस चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । सार्वजनिक टिजरलाई आधार मान्ने हो भने ‘लालटिन’ सहरी गुण्डागर्दी, सुरक्षा र ग्याङस्टारमा केन्द्रीत देखिन्छ । यस एक्सनपूर्ण ‘लालटिन’मा दयाहाङ राई, प्रियंका कार्की, भानुप्रताप र राज कटुवालको मुख्य अभिनय छ ।
चलचित्रमा हरि लामाको छायांकन, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी, भानु र किरणको कथा छ । यस चलचित्रले आफूलाई निर्माताका रुपमा स्थापित गर्ने भानुप्रतापको अपेक्षा छ ।

https://www.youtube.com/watch?v=SbKmKMHUhTc&feature=youtu.be

Comments