‘मिस लिम्बू इन्टरनेशनल’ मा २७ प्रतिस्पर्धी, राजधानीमा १० छानिए
screennepal
प्रकाशित: २०७३, १ भाद्र बुधबार
no img

काठमाडौं, १ भदौ । ‘वराह ज्वेलरी मिस लिम्बू इन्टरनेशनल–२०१६’ का लागि राजधानी अडिसनबाट १० जना युवती छनोट भएका छन् । बुधबार रातोपुलस्थित युनाइटेट फिटनेश सेन्टरमा लिइएको अडिसनका सहभागी दुई दर्जनमध्येबाट १० जनालाई छनोट गरिएको हो । यसअघि पूर्वाञ्चल अडिशनबाट १७ जना युवती छनोट भएका छन् । यससँगै ‘वराह ज्वेलरी मिस लिम्बू इन्टरनेशनल–२०१६’ को फाइनलमा २७ युवतीको कडा प्रतिस्पर्धा हुने भएको छ ।
राजधानीमा आयोजित अडिसनमा कोरियोग्राफर जयन सुब्बा मानन्धर, सञ्चारकर्मी विश्व लिम्बू, फेसन डिजाइनर युबि थापा, समाजसेवी कृष्णा सुब्बा, गायक दीपक लिम्बू, मोडल अमिर गजमेर र मिस लिम्बूको अघिल्लो सिजनकी फस्ट रनरअप मेरिना चेम्जोङ निर्णायक थिए ।

miss limbu 2016
याक्थुङ युथ एसोसिएसनद्वारा आयोजित ‘वराह ज्वेलरी मिस लिम्बू इन्टरनेशनल’ को यो चौथो संस्करण हो । यस संस्करणका लागि राजधानीबाट सुक्मीत केरुङ, मोती कन्दवा, अस्मिता खापुङ, सोना लिम्बू, ज्योति थोप्रा, सानु नेम्बाङ, भावना सावा, रोश्ना नेम्बाङ, पवित्रा तुम्सा र आशिका खापुङ छनोट भएका छन् ।
त्यस्तै, यसअघि धरानबाट सेयरा आन्खेवा, अञ्जिता नेम्बाङ, लक्ष्मी मेन्याङ्बो, निशा हुक्पा चोङ्बाङ, सजिता तुम्सा, सरुहाङ्मा सम्बाहाङ्फे, आशिका आङ्बुहाङ, नम्रता लाबुङ, जुनु पोमो, सलुना वनेम, भुमिका माङ्देन, शोभा फेम्बु, सुष्मा चेम्जोङ, सलिना हुक्पा चोङ्बाङ, श्रेया थेगिम, विना सामेखाम र निशी मेन्याङ्बो छनोटमा परेका छन् ।
‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित आयोजित ‘मिस लिम्बु इन्टरनेशनल’ मा शीर्ष विजेता हुनेलाई ताजसहित नगद ५० र एक लाख बराबरको गिफ्ट ह्याम्पर पाउने आयोजकले जनाएको छ । त्यस्तै, फस्ट रनरअप ताजसहित नगद २५ हजार र ५० हजार बराबरको गिफ्ट ह्याम्पर तथा सेकेण्ड रनरअपले पनि १५ हजार नगदसहित विभिन्न ३० हजार बराबरको गिफ्ट ह्याम्पर पाउने जनाइएको छ ।

miss limbu 2

Photo By Nabin Gurung

राजधानीमा अडिसनपछि आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको अन्तिम स्पर्धा आउँदो १२ असोजमा जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ । प्रतियोगीलाई तयारीका लागि भदौ ८ गतेबाट गु्रमिङ सुरु हुने कार्यक्रमका संयोजक युगल पोमुले बताए । उनका अनुसार प्रतियोगीलाई कारियोग्राफर जयन सुब्बालगायतका विशिष्ट व्यक्तित्वबाट गु्रमिङ गराइनेछ । लिम्बू भाषा, कला तथा संस्कृतिको प्रवद्र्धन एवं लिम्बू समुदायका युवतीमा लुकेको प्रतिभालाई जनमानससमक्ष प्रस्फुटन गर्ने उद्देश्यले आयोजित प्रतियोगिता भएकाले प्रतियोगीलाई सम्बन्धीत क्षेत्रका विज्ञबाट पनि प्रशिक्षण दिइनेछ ।

Comments